एकीकृत फ्रेण्डसिपले शुरु ग¥योः उद्यमी बनाउने अभियान

चरिकोट / अनिल दहाल – एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले न्यून आय भएका सदस्यहरु लक्षित गरी उद्यमी समूह गठनको गरेको छ । पहिलो चरणमा जिरी नरपालिका वडा न ं६ का १० जना महिला रहेको जिरीश्वरी एकीकृत उद्यमी समूह गठन गरेको हो । जसमा देवीमाया जिरेलको अध्यक्ष रहेको पहिलो उद्यमी समूहको गठनको गरेको छ । संस्थाले न्यून आय भएका कृषि पेशामा आवद्ध सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्नुका साथै विभिन्न दातृ निकायहरुसंग सहकार्य गरी कृषि व्यवसायसंग सम्बन्धी तालिमको व्यबस्था मिलाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भुमिराज खडकाले बताए । उद्यमी कृषकहरुको उत्पादनलाई बजारसम्म लैजाने कुरामा पनि संस्थाले सहयोग गर्ने उनले बताए ।संचालक समितिले स्वीकृत गरेको चार वर्षिय रणनीतिक व्यवसायिक योजनाको लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत केशब प्रसाद दहालले बताए ।

Shares

Be the first to comment on "एकीकृत फ्रेण्डसिपले शुरु ग¥योः उद्यमी बनाउने अभियान"

Leave a comment

Your email address will not be published.


*