सरिता भण्डारी (चरिकोट)– एकिकृत समाजवादी दोलखाले संघको प्रत्यक्षतर्फको गठबन्धनबाट उम्मेद्वार पाउनु पर्ने बटमलाइन बनाएको छ । पार्टी पोलिटव्यूरो सदस्य शिब भण्डारीलाई गठबन्धनबाट संघको उम्मेद्वार बनाउनु पर्ने सो पार्टीले एक सुत्रिय माग राखेको छ । दोलखामा एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको छ । संघको उम्मेद्वारको लागि पार्टीले भण्डारी एक जनाको मात्र नाम सिफारीस गरेको छ । “सर्वसहमत भण्डारीलाई जिल्ला कमिटीले नाम सिफारिस गरेको छ , हाम्रो पहिलो बटमलाइन संघमा छ ।”समाजवादी पार्टी दोलखाका उपाध्यक्ष घनश्याम रिजालले भन्नु भयो । उहाँका अनुसार दोलखा समाजवादी पुर्वी बागमतीमा बलियो जिल्ला मानिन्छ । गत स्थानीय तहको निर्वाचनमा समाजवादीले पार्टी दोलखामा एक गाउँपालिका र जिससमा उपप्रमुखमा र २ वटा वडामा विजयी हासिल गरेको छ । सोही आधारमा समाजवादीले दोलखामा आफ्नो शसक्त दाबेदारी प्रस्तुत गर्दै आएको उहाँको भनाई रहेको छ । भण्डारीले दोलखामा एमालेबाट राजनीति सुरु गर्नु भएको थियो ।
पाटी विभाजन पछि गत बर्ष देखी उहाँले समाजबादी पार्टीमा पोलिटव्यूरोे सदस्यको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । उहाँले एक पटक तत्कालिन जिल्ला विकास समितिको उपसभापतिको जिम्मेवारी लिनु भएको थियो । एमाले दोलखाको संस्थापक नेताको रुपमा उहाँलाई चिनिने गरेको छ ।
एमाले जिल्ला कमिटी दोलखाको २ पटक सचिब हुनु भएका उहाँ एमाले दोलखाको संस्थापक नेता हुनु्हुन्छ । २०६३ सालमा भएको तेस्रो जन आन्दोलन कमाण्डरको भूमिका निभाउनु भएको थियो । सो आन्दोलनमा उहाँले नेतृत्व गर्नु भएको थियो ।
Be the first to comment on "एकिकृत समाजवादी दोलखाको वटमलाइन संघको उम्मेद्वारमा – शिव भण्डारी"