सिन्धुपाल्चोकः सिन्धु पाल्चोक जिल्लाका हेलम्बु इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई समाजिक सुरुक्षा भत्ता दिन थालेको हो । एकल पुरुषहरुलाई मासिक रु पाँच सय भत्ता दिने ब्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले बताउनु भयो । गाउँपालिकाले आव २०७९÷८० को नीति कार्यक्रम तथा बजेटमा समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको शर्माको भनाई छ । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
Be the first to comment on "एकल पुरुषलाई भत्ता"