एउटै भवनबाट सबै सेवा प्रवाह गर्ने तयारी

बाबुराम शर्मा ,चरिकोट – सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले नगरवासीलाई सहज तथा शुलभ सेवा प्रदान गर्न एउटै भवनबाट सबै सेवाहरु प्रवाह गर्ने तयारी गरेको छ । योजना, नक्सा, लेखालगायत कार्यालय प्रमुखहरुबाट प्रदान गरिने सबै सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन एकीकृत सेवाको थालनी गर्ने अन्तिम तयारी भएको नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खडकाले जानकारी दिनु भयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न भई नक्साको काम यहीबाटै प्रदान गरिसकिएको छ । लेखा सहजका लागि नेपाल बंैकको काउन्टर राख्ने काम पनि अघि बढिसकेको छ । बैंक काउन्टर स्थापनासँगै अरु सेवाहरु पनि नगरपालिका भवनबाटै प्रवाह गर्ने तयारी भइरहेको छ । सेवाग्राहीलाई सहज तथा शुलभ सेवा प्रदान गर्न सबै व्यवस्था मिलाउने काम तीब्र गतिमा भइरहेको छ । झन्झटरहित योजनाका सम्पूर्ण काम एकै थलोबाट सहज रुपमा हुन्छन् । नक्साका सम्पूर्ण काम पनि यहीँबाटै हुन्छन् । आर्थिक कारोबारका तथा भुक्तानीका लागि लाइनमा बसेर सानो त्रुटीले फेरी कार्यालय धाउनुपर्ने झन्झट हट्ने र छिटोछरितो भुक्तानी पाउने भएकाले सेवाग्राहीको मर्का समाधान हुने अपेक्षा नगरपालिकाले लिएको नगरका प्रमुख प्रशासकीय अधिकृत खडकाले जानकारी दिनु भयो । सेवाग्रहीलाई देशमा लोकतन्त्र गणतन्त्र आएको प्रताभूति दिनु नै आजको टडकारो आवश्यकता महसुस भएकाले यस्ता गर्न लागिएको उहाँले स्पष्ट पार्नु भयो ।

Shares

Be the first to comment on "एउटै भवनबाट सबै सेवा प्रवाह गर्ने तयारी"

Leave a comment

Your email address will not be published.


*