एजेन्सी । फ्रान्स विश्वकप फुटलबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।पहिलो हाफमा उरुग्वेले एकपछि अर्को बल प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्सले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।खेलको ६१औं मिनेटमा ग्रिजम्यानले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । उरुग्वेका गोलकिपरको कमजोरीका कारण गोल हुन पुग्यो । किपरले बललाई रोक्ने प्रयास गरेका थिए । तर हातबाट बल चिप्लिएर पोष्टभित्र छिरेको थियो ।दोस्रो हाफमा पनि उरुग्वेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्ससँग पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरिएको छ ।
उरुग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
Posted By: दीक्षण दैनिक २२ असार २०७५, शुक्रबार २२:३७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "उरुग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश"