दीक्षण समाचार
चरिकोट, बैशाख १३
आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेद्वारहरुको बिरोधमा उजुरी दिने कार्यक्रम आज परेको छ । आसन्न स्थानीय तहको निर्वाचको लागि निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वारी मनोनयन दर्ता गरेका तर अयोग्य उम्मेद्वार विरुद्ध उजुरी गर्न सकिने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख शकुन्तला राईले निर्वाचनको लागि उम्मेद्वार मनोनयन दर्ता गरेका तर आयोगको मापदण्ड अनुरुप उक्त उम्मेद्वार अयोग्य भएमा सोको कारण सहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न सकिने बताउनुभयो । अयोग्य उम्मेद्वारहरु विरुद्ध अपराह्न्न पाँच बजेसम्म उजुरी दर्ता गर्न सकिने उहाँले सुनाउनुभयो । मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले प्रमाण सहित अयोग्य उम्मेद्वार बिरुद्ध उजुरी दिन पाइने बताउनुभयो । उहाँले भन्नुभयो ”यसले उसले उजुरी गर्न पाउने भन्ने हुँदैन । सबैले उजुरी गर्न पाउछन् । तर प्रमाणसहित आउनुपर्छ ।“
निर्वाचन कार्यतालिका अन्तर्गत १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय हुने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न दिने छ । ३० गते बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
Be the first to comment on "उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने"