उपाधी वडा नम्बर ६ र आकुँरालाई

चरिकोट (दीस) –प्रथम भिमेश्वर कप फुटसल प्रतियोगिताको उपाधि भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा वडा नम्बर ७ लाइ ५–२ गोल अन्तरले पराजीत गर्दै वडा नम्बर ६ ले उपाधी हासिल गरेको हो । त्यसैगरी प्रथम विद्यालय स्तरीय मेयर कप आँकुरा बोर्डिङले हात पारेको छ आइतबार नै भएको फाइनल खेलमा राइजिङ स्टार बोर्डिङ स्कुललाई पछि पार्दै आँकुराले प्रथम विद्यालय स्तरीय मेयर कप प्राप्त गरेको हो । प्रतियोगीतामा राइजिङ स्टार बोर्डिङ स्कुल द्धितीय भएको छ । दुवै प्रतियोगीतामा प्रथम हुने समुहलाई नगद २५÷२५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहलाई नगद १०÷१० हजार सहित सिल्ड मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
विजयी समुहलाई भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्काले पुरस्कार वितरगरेका थिए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ भएको प्रथम स्कुल स्तरीय मेयर कपका लागि ११ समुह र प्रथम भिमेश्वर कपका लागि ८ समुह सहभागी भएका रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट हाउस प्रा.लिका सञ्चालक राजेश तामाङले जानकारी दिए । प्रतियोगिताको पुरस्कार वितरण समारोह रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट हाउस प्रा लिका प्रोपाइटर राजु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगीता भीमेश्वर नगरपालिकाको आयोजना तथा रोयल मकैबारी फुटसल एण्ड स्पोर्टस हाउसको सह आयोजनामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "उपाधी वडा नम्बर ६ र आकुँरालाई"

Leave a comment

Your email address will not be published.


*