ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ २८
दोलखामा कृषि उत्पादन बृद्धिका लागी बर्षको अवधीमा ६ सय भन्दा बढि किसानले माटो परिक्षण गरेका छन् ।
गत आर्थिक वर्ष २०७५÷०७६ को अवधीमा ६ सय ८० किसानले दिगो माटो व्यवस्थापन तथा कृषि उत्पादकत्व बृद्धिका लागि माटो परिक्षण गरेका हुन् ।
भिमेश्वर नगरपालिकाका २ सय ४२ र विगु गाउँपालिकाका ९० जना किसानले माटोे परिक्षण गरेको ग्रामिण विकास टुकी संघका माटो परिक्षण प्राबिधिक दावा तमाङले बताए ।
कालिञ्चोक गाउँपालिकाका १ सय ५२, बैतेश्वर गाउँपालिकाका ६८, शैलुङ गाउँपाकिाका ९५, गौरिशंकर गाउँपालिकाका ३३ जना किसानले माटो परिक्षण गराएको प्राबिधिक तमाङले बताए ।
पछिल्लो समय सहुलियत दरमा किसानहरुको नमुना माटो परिक्षण गरिने भएकाले यसप्रति किसानहरुले चासो देखाएका छन् ।
गत आर्थिक वर्ष नै ग्रामिण विकास टुकी संघले स्थानीय सरकारसँग समन्वय गरी माटोको नमुना संकलन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको उनले बताए ।
गत आर्थिक वर्ष कालिञ्चोक, विगु, शैलुङ, बैतेश्वर नगरपालिकामा अभिमुखिकरण कार्यक्रम गरि २ सय ९२ जना किसान लाभान्वित भएको उनले बताए ।
अभिमुखिकरण कार्यक्रमबाट माटो परिक्षण गर्नका लागी किसानहरुले नमुना संकलन गरी तयार गरेर विवरणहरु राखी प्रयोगशालासम्म पु¥याउन सक्ने भएको प्राबिधिक तमाङले बताए । चालु आर्थिक वर्षपनि माटो परिक्षण ज्ञानका लागी विभिन्न स्थानीय तहसँग सहकार्य गरी किसानसँग अभिमुखिकरण कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताए ।
कुनै पनि बाली लगाउनु १ महिना पुर्व माटोको नमुना परिक्षण गराउन आवश्यक हुन्छ । माटोले बालीलाई खाद्ययतत्व दिन सक्नु पर्दछ । अन्नबाली तथा तरकारी माटोको नमुना प्रतिरोपनी ८ देखि १० इन्च गहिराईृृृृृृृृृृृृृृृृृृृृृृसम्मको माटो परिक्षण गनुपर्ने उनले बताए । त्यसैगरी फलफूलको लागी ० देखि १, १ देखि २ र २ देखि ३ इन्च गहिराई सम्मको माटोको नमुना परिक्षण गर्नुपर्दछ ।
नमुुना परिक्षण पछि माटो अम्लियपन हटाउन र माटोमा प्राङ्गारिक पदार्थको बृद्धिका लागी कृषी चुर्णको प्रयोग गर्नुपर्ने उनले बताए । यसका लागि माटो परिक्षण गरि माटोको अवस्था अनुसार त्यसको उपचार गरि बाली लगाउनुपर्दछ ।
माटोको नमुना परिक्षणका लागी माटो प्लाष्टिकका पोकामा ल्याउनुहुदैन । सफा सेतो पोलिथिन झोलामा पोको पारेर सम्बन्धित किसानको नाम, ठेगाना, फोन नम्बर, पहिला लगाइएको बाली, परिक्षण पछि लगाउने बालीको नाम सहित पुरा विवरणका साथ माटो परिक्षण प्रयोगशालासम्म सुरक्षित ल्याउनु पर्ने उनले बताए । माटोको परिक्षण पछि ५ देखि १० दिनभित्र माटोको पुरा नतिजा आउने उनले बताए ।
पछिल्लो समया पाङग्रारिकि मल प्रयोग गर्न छाडी रासायनिक मलको प्रयोगले पनि माटोको उर्वराशत्तिका साथै मानब तथा वातावरणमा असर पारेको उनले बताए । किसानले अन्नबालीमा प्राङगारिक मलमा विषेश जोड दिनुपर्ने उनको भनाइ छ । । प्राङ्गारिक मलको प्रयोग अन्नबालीमा बढी गर्न सकिएमा माटोलाई जिवित राख्न सकिने किसानहरुलाई सुझाव दिएका छन् ।
२०७१ असार १५ देखि दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गालाई प्राथमिकतामा राखेर दोलखाको ग्रामिण विकास टुकी संघले सञ्चालनमा ल्याएको माटो परिक्षण प्रयोगशालामा दिनहुँ माटो परिक्षणका लागी किसानहरु आउने गरेको संघले जनाएको छ ।
साथै ४२ औँ टुकी दिवस तथा १९ औँ साधारण सभा २८ गते शनिबार हाम्रो रेडियोको सभाहल चरिकोटमा आयोजना गरिएको छ ।
Be the first to comment on "उत्पादन बृद्धिका लागी ६ सय बढी किसानको माटो परिक्षण"