उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरस्कृत

दोलखाको विगु गाउँपालिकाले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विद्यालय र शिक्षकलाई पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७८ मा कक्षा ८ को परीक्षामा उत्कृष्ट नजिता ल्याएका सात जना विद्यार्थी, एक वटा विद्यालय र उत्कृष्ट नतिजा ल्याउन सफल गराउने पाँचजना शिक्षकलाई पालिकाले मंगलबार नगद र प्रमाणपत्रले पुरस्कृत गरेको हो । शैक्षिक प्रगतिमा थप सफलताका लागि प्रोत्साहन गर्न पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत लक्ष्मीप्रसाद रिजालले बताउनुभयो।प्रतिस्पर्धात्मक तरिकाले विद्यालयहरूको सिकाई उपलब्धी वृद्धि गराउने उद्देश्य सहित पुरस्कार वितरण गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल हिमालयन मावि- विगु ८ खोपचाँगुलाई नगद २० हजार सहित प्रमाणपत्र वितरण गरिएको छ । त्यसैगरी उत्कृष्ट नतिजा हासिल गराउन सफल विषयगत शिक्षकहरु देवालिङ्गेश्वर मावि विगु-२ का अंग्रेजी शिक्षक जगदिश थापा, गौरीशङ्कर मावि-१ का गणित शिक्षक बद्री प्रसाद भट्टराई, देवालिङ्गेश्वर मावि विगु-२ का नेपाली जितेन्द्र ठकुरी र देवीटार मावि विगु-५ का विज्ञान शिक्षक बिक्रम थामी र हिमालयन मावि बिगु -८ का सामाजिक शिक्षक मोहन थापालाई जनही पाँच हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ। पालिकामा छात्रा तर्फ प्रथम हुने गौरीशङ्कर मावि, विगु-१ सिम्माया तामाङ, द्वितीय देवालिङ्गेश्वर मावि, विगु-२ का सावित्री खत्री र तृतीय हुन सफल देवीटार मावि, विगु -५ का एलिसा श्रेष्ठलाई पुरस्कार वितरण गरिएको छ। उहाँले क्रमशः सात, छ र पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नु भएको छ। छात्र तर्फ पालिका प्रथम हुन सफल गौरीशङ्कर मावि, विगु -१ का दिप श्रेष्ठ, द्वितीय हिमालयन मावि, बिगु- ८ का जिपछिरिङ शेर्पा, तृतीय हुने गौरीशङ्कर मावि, विगु-१ का मौसम बस्नेत र हिमालयन मावि-८ का पेमसाङ्गे शेर्पालाई पुरस्कृत गरिएको छ। उहाँहरूलाई क्रमशः सात, छ र पाँच हजार प्राप्त गर्नु भएको छ। सोही अवसरमा विज्ञान प्रदर्शनीमा सान्त्वना हुने शान्ति आदर्श माविलाई तीन हजार सहित प्रमाणपत्रले सम्मान गरिएको शिक्षा शाखाका प्राविधिक सहायक नवराज बस्नेतले बताउनुभयो। पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देविका थामी, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Shares

Be the first to comment on "उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरस्कृत"

Leave a comment

Your email address will not be published.


*