आगो निभेर म भित्र
केबल खरानी बाँकी रहे जसरी
ज्वाला ओकेल्न छाडेको छु
चित्ता डढाउन छोडेको छु
यसरी त फैलिंदो छ म भित्र
लासहरुको साम्राज्य
अग्लिंदो छ म भित्र
मुर्दाहरुको महल
आगो निभेर म भित्र
ज्वाला ओकेल्न छाडेको छु
मुटु चिसिएर म भित्र
बरफको ढिक्का बाँकी रहे जसरी
अनुराग रसाउन छाडेको छु
पिरती पोखिन छाडेको छु
मन भित्र पस्न छाडेको छु कसैको
आँखा भित्र बस्न छाडेको छु
हरांउदो छ सुगन्ध फूलबाट
सकिंदो छ उज्यालो जूनबाट
मुटु चिसिएर म भित्र
पिरती पोखिन छाडेको छु
ईस्वर मरेर म भित्र
मन्दिर पस्न छाडेको छु
श्रद्धा चढाउन छाडेको छु
ममता बढाउन छाडेको छु
रात तामसी बितेको छ
दिन भएको छ तमोगुणी
ईस्वर मरेर म भित्र
श्रद्धा चढाउन छाडेको छु ।
मुटु चिसिएर म भित्र
पिरती पोखिन छाडेको छु
आगो निभेर म भित्र
ज्वाला ओकेल्न छाडेको छु
कवि मान बहादुर खडकाको फेसवुकबाट –साभार
Be the first to comment on "ईस्वर मरेर म भित्र"