ईरान बिरुद्ध स्पेन बिजयी

चरिकोट। डिएगो कोष्टाको ५४औं मिनेटको गोलले स्पेनले ईरानलाई १–० गोलले पराजित गर्दै दुई खेलमा ४ अंक बटुलेको छ।

समुह ’बी’को खेलमा स्पेन र पोर्चुगल २ खेलमा ४(४ अंकका साथ पहिलो दुई स्थानमा रहेका छन्। ईरानले २ खेलमा ३ अंक जोडेको छ भने मोरोक्को अंकिहिन रहेको छ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा स्पेनले दो्स्रो हाफमा गोल गर्दै स्पेनले अग्रता लिएपछि ईरानले आकरमक फुबल खेलेको थियो। दोस्रो हाफमा ईरानले गोल गरेता पनि भिडियो रिप्ले रेफ्रीले अफसाईड दिएपछि गोल बदर भएको थियो।

ईरानले पहिलो खेलमा मोरोक्कोलाई पराजित गरेको थियो र स्पेनसँगको केलमा अंक लिन पाएको खण्डमा दोस्रो चरणकालागि बाटो सहज हुने योजनाका साथ शुरुमा रक्षात्मक फुटबल खेलेको थियो। रक्षात्मक योजनामा पहिलो हाफमा सफल भए पनि दोस्रो हाफमा सफल हुन सकेको थिएन।

समुहको अन्तिम खेल ईरानले पोर्चुगलसँग खेल्ने छ भने स्पेनले मोरोक्कोसँग खेल्ने छ।

Shares

Be the first to comment on "ईरान बिरुद्ध स्पेन बिजयी"

Leave a comment

Your email address will not be published.


*