काठमाडौँ – ईराकमा बाढीले बगाउँदा दुई जना नेपालीले ज्यान गुमाएका छन् । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको हो । उनीहरुको पुरा ठेगाना खुल्न सकेको छैन ।कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको कुर्दिस्तान नेपाली समाजले जनाएको छ । दोलखा घर भएका शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।
कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ । इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।
Be the first to comment on "ईराकमा बाढीले बगाउँदा दाेलखाका एक सहित २जनाकाे मृत्यु"