इश्वर भुमि सहकारीको पाँचौँ बार्षिक साधारणसभा सम्पन्न

चरिकोट(पुस २५ दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा अवस्थित इश्वर भुमि बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा संचालक समितीको प्रतिवेदन सचिव मन्दिरा भण्डारीले प्रस्तुत गरेकी थिइन् । त्यसैगरी साधारणसभामा सहकारीको आर्थिक वर्ष २०७६्र÷०७७ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष ढाल बहादुर बस्नेतले संस्थाको कुल पुँजी ४२ लाख ९६ हजार एक सय ८४ रुपैयाँ रहेको बताए । सहकारीको सेयर पुँजी ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यसैगरी संस्थाको नाफा १ लाख ३२ हजार ३ सय रहेको उनले बताए । सदस्य संख्या ३ सय ३२ जना र बालसदस्य ३० जना गरि ३ सय ६२ जना आवद्ध रहेर बचत ऋणको कारोबार गर्दै आएका छन ्। साधारणसभा बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका कार्यबाहक वडाध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "इश्वर भुमि सहकारीको पाँचौँ बार्षिक साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*