चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिका वडा नम्बर चारमा आलु खेति प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गरिने भएको हो ।
बागमती प्रदेश सरकारबाट हस्तान्तरित शशर्त अनुदान तर्फको कार्यक्रम अनुसार वडा नम्बर चारमा आलु खेति प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले जानकारी दिनुभयो । कार्यक्रम पचास प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिने उहाँको भनाई रहेको छ । वडा भित्रका ईच्क्षुक कृषक, कृषिफम, कृषि सहकारी लगायतलाई प्रस्ताव पेश गर्न आह्वान गरिएको उहाँको भनाई रहेको छ ।
Be the first to comment on "आलुखेती प्रबर्धन कार्यक्रम सञ्चालन गरिने"