आर्थिक वर्ष २०७८/७९ को जिरी नगरपालिकाको बजेट ः ६० करोड ५९

चरिकोट (दीस) –दोलखाको जिरी नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि करिव ६० करोड ५९ बरावरको वजेट विनियोजन गरेको छ । जिरी नगरपालिकाको बिहिबार भएको आठौँ नगर सभामा नगरपालिकाका उपप्रमुख कृष्णमाया वुढाथोकिले आगामी वर्षको लागि करिव ६० करोड वरावरको वजेट प्रस्तुत गरेकी हुन । बजेटमा नगर स्तरीय योजना वाहेक वडा स्तरीय योजनाहरुका लागि प्रत्येक वडाहरुमा ५८ लाख वरावरको योजनाहरु छनोट भएका छन् ।
एकिकृत च्योर्दुङ पर्यटन प्रर्वद्धनका लागि १ करोड ६९ लाख रकम विनियोजन गरेको छ । जिरी मालि स्यामा सडकका लागि संघिय सरकारको समपुरक अनुदान अन्र्तगत दुई करोड ३१ लाख रहेको छ भने प्रदेश समपुरक अनुदान अन्र्तगत जिरी फुपिङ झाँक्रे सडक र ल्यान्डफिल्ड साइड जिरी ६ को लागि दुई करोड ६१ लाख रकम रहेको छ । नयाँ सडक खोल्ने कार्यलाई निरुत्साहित गर्ने र भई रहेको सडकलाई स्तरउन्नोती गर्ने नीति लिएको छ ।

Shares

Be the first to comment on "आर्थिक वर्ष २०७८/७९ को जिरी नगरपालिकाको बजेट ः ६० करोड ५९"

Leave a comment

Your email address will not be published.


*