बाबुराम शर्मा /चरिकोट –शैलुङ गाउँपालिका फस्कुका स्थानीय दलित आफ्नो व्यवसाय सञ्चालन गर्न सदरमुकाम चरीकोट पसेका छन् । परम्परागत “बालीघरे प्रथा”ले जीवनयापन गर्न गाहे भएपछि यसरी बजार पस्नु परेको स्थानीय रामबहादुर बिकले जानकारी दिँदै भन्नु भयो, बजारमा सुधारिएको आरन व्यवसाय सञ्चालन गरेपछि माग धान्न धौधौ परेको छ । कोरोनापछि पसल खोलेकाले काम भ्याइनभ्याई समेत भएको छ । बाबुबाजेका पालादेखि गरिएको बालीघरे प्रथाबाट जीविकोपार्जन हुन छोडेपछि रामबहादुरका भाइ पनि चरीकोटमै आउनु भएको छ । अहिले तीन जना कामदार राखेर राम्रै आम्दानी गर्न सफल पनि भएको कुलबहादुर बिकको कथन रहेको छ । पूर्वस्मरण गर्दै उहाँले भन्नु भयो “बाबुका पालामा १६० घर त विष्ट थिए , बिहान तीन बजेदेखि राती नौ बजेसम्म खट्नुपथ्र्यो । केही दिन त राम्रै थियो । पछि पछि दाइँ गरेको पवटा धान दिन पनि थालियो । नौ वर्षको उमेरदेखि पुख्र्यौली पेसा गरियो, खासै केही गर्न सकिएन । ”अहिले मेसिनबाट आधुनिक तरिकाले सामान बनाउँदा सजिलो हुनुका साथै नगदै आउन पनि थालेको छ ।,जीवनयापन गर्न सजिलो पनि भएको छ ” उहाँले भन्नु भयो, बीचमा गाउँमा यो पेसाले जीविकोपार्जन गर्न कठिन भएपछि आरो लगाउने, घरको गारो लगाउने, डोको बुन्नेलगायत काम गरे तापनि अहिले आरन पेसाले नै राम्रो गरेको छ । यसलाई नै निरन्तरता दिने सोच बनेको छ । उहाँको आफ्नो भएको जग्गाको अन्नबाट छ महिना पनि खान पुग्दैन । अहिले झन गाउँमा बाँदरले खान बस्न दिएको छैन । उत्पादित अन्न धेरै त उसैले खान्छ । उहाँले भन्नु भयो, सहर केन्द्रीत भएको १८ वर्ष भयो । यसबाटै घर खर्च, बच्चाहरुको पठनपाठन थेगेको छ । आपूmले पढन नपाएकाले छोराछोरीलाई पढ्न चाहेसम्म पढाउने सोचमा छु । पेसाले यति आँट दिएको छ । तीन कक्षा पास गरेर चारमा जाँदा किताब किन्न नसकेर पढाइ छोड्नु परेको दुःखेसो पोख्दै उहाँले भन्नु भयो, पढेको भए समसामयिक सीप सिकेर अहिले राम्रै व्यवसाय गर्थेँ होला । यस्ता दुःख त भोग्नु पर्दैनथ्यो । बाबुबाट सिकेको सीपलाई केही सुधारेर त गरेको छु । अझै राम्रो तालिम पाउन पाए आधुनिक सामान बनाएर राम्रो व्यवसायी बन्थे । अशिक्षित भएकै कारण एउटा आँखो के आँखो भनेर अर्को छोरा जन्माउन लाग्दा पाँच वटी छोरी भए तर छोरो एक मात्र भन्दै उहाँले भन्नु भयो, सबैले उच्च कक्षा हासिल गरिसके । शिक्षा नै ठूलो कुरा रहेछ । यति बेला आँखा खुल्यो । गाउँमा अहिले यो पेसा अपनाउन छोडिएको छ । सुसधारिएको आरनबाट काम छिटोछरितो र फिनिसिङ पनि राम्रो भएकालेृ माग पूरा गर्न सकिएको छैन । भ्याइनभ्याई भएको छ । राम्रै आम्दानी हुन पनि थालेको छ । उहाँले भन्नु भयो, वर्ष लिनको कति अन्न पाइएला भनेर कुर्नै पथ्र्यो, अहिले त दिनमा हजारभन्दा बढी कमाइ हुन्छ । घर खर्च र बच्चाहरुको पढाइ खर्च व्यहोरेर बचत पनि हुन्छ । मेरो जस्ीवनमा उत्तम व्यापार मध्यम कृषि, निर्घृणी नोकरी सार्थक बनेको छ । नोकरीभन्दा त यो पेसा कता हो कता राम्रो, आप्mनै भएकाले न गाली, न डरत्रास केही छैन । उहाँले भन्नु भयो, आनन्दसाथ व्यवसाय चलेको छ । बेला बेलामा भूकम्प, कोरोना जस्ताले दुःख नदिए आम्दानी बढ्दै जाने थियो । मासिक दुई हजार रुपियाँ भाडा तिरेर पनि काम दाम र नाम भएकाले धेरै खुसी लागेको छ । फलाम पिटेरै भए पनि जिन्दगी चलेको छ ।
आफ्नो पेशामा रम्दै रामबहादुर
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २३ माघ २०७८, आईतवार १८:५७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "आफ्नो पेशामा रम्दै रामबहादुर"