आफ्नै तलबभत्ताबाट युवा जनप्रतिनिधिहरुका सामाजिक काम

दीक्षण समाचार
चरिकोट, ७ अजोज
युवा जनप्रतिनिधिहरु बचि आफ्नै तलबभत्ताबाट सामाजिक सेवागर्न प्रतिस्पर्धा गर्न थालेका छन् । पाका उमेरका केही जनप्रतिनिधिहरुले यस्तो कामको सुरुवात सुरुदेखि नै गर्दै आए तापनि युवाजनप्रनिधिहरु बीच भने पछिल्लो समय होडबाजी जस्तै चलेको छ ।
विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले आफूले पाउने पारिश्रमिक सामाजिक काममा खर्च गर्ने सुरुमै घोषणा गरे । घोषणा अनुसार अहिलेसम्मको पारिश्रमिक वापत आएको रकम अनाथ, बाढीपहिरो पीडितहरुका लागि नै खर्च गर्दै आएका छन् ।
“पारिश्रमिक बापतको रकम नलिउँ कि जस्तो लागेको थियो” उनले भने “पारिश्रमिक नै नलिनुभन्दा राज्यले लिएको सुविधा लिएर बरु अनाथ, प्रकोप पीडितहरुलाई सहयोग गर्दा नै कल्याण हुने ठानेर यस्तो काम गरेको हँु ।” उनले अहिलेसम्म लामाबगरका बाढीपीडित, चरिकोटमा रहेका आवाज नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिका लगायतलै सहयोग गरेका छन् ।
जनप्रतिनिधिहरु धेरैजसोले प्रकोपमा परेकालाई राहत वितरण र आयआर्जन तथा शैक्षिक विकासमा लगानी गरेका छन् । आफ्नो व्यवसायिक आम्दानीले नै आफू र परिवारलाई पुग्ने भएकाले राज्यको राज्यले दिने सुविधामा पनि लोभ नगरेको अध्यक्ष खड्काले बताए । जनताको सेव ागर्न आएकाले गाउँपालिकाको गाडी भए तापनि आफ्नै गाडी नै चढ्ने र तेल समेत आफूले नहालेको उनको दाबी छ ।
वैतेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्यामकुमार घिसिङ सहितका वडा सदस्यहरुले आफ्नोपारिश्रमिकबाट अतिविपन्नहरुलाई अपर तामाकोसीको सेयरमा लगानी गर्न सहयोग गरे । त्यसको ३ हप्तापछि तामाकोसी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष महेश काफ्लेले पनि १२ जना अतिविपन्न परिवारका लागि तामाकोसीकै सेयरमा लगानी गर्न सहयोग गरे ।
बैतेश्वर गाउँपालिका वडा नम्वर–७ का अध्यक्ष रेशम राजस्वराज रिमाल, सोही गाउँपालिका वडा नम्वर ८ का रमेश अधिकारी, मेलुङ गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष कुसुम लामा, विगू गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हिरडेबहादुर गुरुङले बालबालिकाको शैक्षिक विकासमा सहयोग गरेका छन् । उनीहरुले यो सहयोग निरन्तर चल्ने घोषणा समेत गरेका छन् ।
धेरै जना वडाअध्यक्षहरुले एक हपता अघि मनाएको बाल दिवसको असरमा यस्तो घोषणा गरेका हुन् । बैत्यश्वर गाउँपालिका–८, का अध्यक्ष अधिकारीले पनि हालै सरकारी कोषबाट आफुले प्राप्त गर्ने तलब भत्ता क्षेत्रावती माविका २० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । उनले जनही २ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गर्ने उनले बताए ।
मेलुङ ७ का वडा अध्यक्ष लामाले ५७ जना भिमेन्द्र आधारभूत विद्यालयका दलित तथा विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण गरे । यो अभियान गाउँपालिकाभर जारी राख्ने जानकारी दिए । विगू गाउँपालिका १ अध्यक्ष गुरुङले विद्यालयलाई ५० दिने घोषणा गरे ।
बैतेश्वर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रेशम रिमालले आफ्नै पारिश्रमिकबाट सडक मर्मत गरी यातायात सुचारु गराएको जानकारी दिए । उनले विद्यालयका बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गराउन वडा अध्यक्ष रचनात्मक कार्यक्रमको घोषणा गरेका छन् । हरेक महिना कालिका मावि र गाउँपालिकास्तरमा रचनात्मक कार्यक्रम गर्ने उनले बताए ।

Shares

Be the first to comment on "आफ्नै तलबभत्ताबाट युवा जनप्रतिनिधिहरुका सामाजिक काम"

Leave a comment

Your email address will not be published.


*