दीक्षण समाचार
चरिकोट, २ चैत
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले राजतन्त्र विरुद्ध लड्न सजिलो भए तापनि आफ्नै राजा विरुद्ध लड्न गाह्रो भएको बताए । देशको दुस्मन राजा भएको ठम्याएर लडाई लडेर राजा हटाए तापनि अहिले आफ्नै दलहरु भित्र नयाँ ठूला राजाहरु भएकाले त्यस विरुद्धको लडाई जटिल भएको गुनासो गरे । चरिकोटबाट प्रशारण हुँदै आएको हाम्रो रेडियोको १२ औं वार्षिक उत्सवको उद्घाटनमा बोल्दै मन्त्री यादवले अहिले आफूले बोलेका विषयलाई कहिलेकाँही मिडियाले बंग्याएको पनि आरोप लगाए । मन्त्री यादवले पहाडी जनतालाई बहुसंख्यक जनताले माया गर्ने दाबी गरे । मधेसी र पहाडी जनता बीच भएको सम्बन्ध भुकम्पमा मधेशी जनताले देखाएको उदारताबाट प्रष्ट हुने बताए ।
अहिलेको आवश्यकता राष्ट्रिय एकता भएकाले विकासका लागि सबै एक हुनु पर्नेमा जोड दिए । जनताले आलोचना गर्न पाउनु पर्ने उनले बताए । सरकारमा बसेकाले आलोचना स्वीकार्नु पर्छ । सिके राउतको बारेमा नबोले तापनि मन्त्री यादवले कोही पनि अहिले देश विखण्डनमा नलागेको बताए ।पूmर्तीका साथ आएँ, काम गर्न सकिन मन्त्री यादवले कर्मचारीहरुले सोचे जस्तो काम गर्न नदिएकोमा गुनासो गरे । “म त फुरतीको साथ उद्योग चलाउन आएको थिएँ” उनले भने “तर सकिन कामै नगरी तलब दिनु परेको छ, बर्षौंदेखि कामै नगरी तलब खुवाएर राख्नु पर्दा कसरी काम गर्नु ।” विगतमा राजनैतिक आन्दोलनमा धेरै ध्वस्त भए तर अब निर्माणको बेला फेरि ध्वस्त गर्नु नहुने बताए । विगतमा ध्वस्त भएका संरचना निर्माण गर्न लागेका बेला अब कसैलाई पनि ध्वस्त गर्ने बाटोमा नलाग्न आग्रह गरे ।
हिजोको आन्दोलनबाट संघीय गणतन्त्र, धर्म निरपेक्षता प्राप्त भएको छ । अब फेरि यसको विरुद्ध लाग्नु भनेको प्राप्त उपलब्धीलाई नस्वीकार्नु जस्तै भएको बताए । राजनैतिक परिवर्तनका लागि विप्लब लागेकाले मन्त्री यादवले विप्लवलाई चुनाव जितेर सत्ता चलाउन चुनौती दिए । मन्त्री यावदले उद्योगमा प्रविधि र लगानीको आवश्यकता परेको बताए । विदेशी प्रविधि र लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिए । नयाँ प्रविधि भित्रीयपछि युवाहरुलाई भित्र्याउन विदेश जानबाट रोक्न सकिने बताए । रुग्न अवस्थामा रहेको खरिढुङ्गाको म्याग्नेसाइट उद्योग नयाँ व्यवस्थापन गरेर भए पनि चलाउने बताए । भारतीय कम्पनी उडिसाको सेयर रहेकाले अहिले सम्पर्कमा नआएकाले यसको निर्णय हुन सकेको छैन । अब त्यसलाई विशेष निर्णय गरेर भए पनि उद्योग चलाउने बताए ।
शहिद परिवार समाज दोलखा सचिब लक्ष्मण खडकाको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा संघीय सांसद पार्वत गुरुङ, पूर्व राज्यमन्त्री देवी खड्का, प्रदेश सांसद विशाल खड्का, सामुदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष उर्जुन गिरी लगाएतले शुभकामना मन्तव्य दिए ।
Be the first to comment on "आफ्नै ठूला राजा विरुद्ध लड्न गाह्रो –मन्त्री यादव"