आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा जिरेल निर्वाचीत

चरिकोट – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा प्रभु जिरेल निर्वाचीत भएका छन्। त्यसैगरी अधिवेशन बाट जिरेल सहित उपाध्यक्षमा सिर्जना गोले,सहसचिवमा मुना गुरुङ,कोषाध्यक्षमा राजन थामी र सदस्यहरुमा दिपेन्द्र तामाङ,सेरफ मोक्तान ,विपना मगर र पेम्डोमा शेर्पा निर्वाचीत भएका छन् । यस्तै केन्द्रिय प्रतिनिधिमा चिरन्जीवि मास्के, राजेन्द्र मानन्धर, उषा पाख्रिन,लालकुमार मोक्तान र शिवकुमार भुजेल चयन भएका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा सुवास योञ्जन,फुर्वा तामाङ र निरासी थामी निर्वाचीत भएको जनाएको छ ।
तामाङ सञ्चार समुह दोलखाको अध्यक्षमा धनराज
तामाङ सञ्चार समुह दोलखाको तेश्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशन बाट धनराज तामाङको अध्यक्षतामा सात सदस्य नयाँ समिति बनेको छ । समितिको उपाध्यक्षमा सेरफ मोक्तान,सचिबमा सिर्जना गोले,सहसचिवमा समिप लोप्चन, कोषाअध्यक्षमा दिपेन्द्र तामाङ र सदस्यहरुमा फुलमाया तामाङ र हिरा मोक्तान निर्वाचीत भएका छन् । यस्तै केन्द्रिय प्रतिनिधिमा लालकुमार मोक्तान,धनराज तामाङ र उषा पाख्रिन चयन भएका छन् ।

Shares

Be the first to comment on "आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा जिरेल निर्वाचीत"

Leave a comment

Your email address will not be published.


*