इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १५
रङहरुको पर्व हाे फागुपूर्णिमा अर्थात् होली पर्व । आज हिमाली एवं पहाडी जिल्लामा र भाेली तराइका जिल्लाहरुमा हर्षोल्लासका एकआपसमा रङ खेलेर यो पर्व मनाइदैँ छ । सार्वजनिक स्थलमा साथीभाई, इष्टमित्र भेला भई विविध सांस्कृतिक कार्यक्रम गरी हर्षोल्लासका साथ सामुहिक रुपमा होली पर्व मनाइने गरिन्छ । तर यो वर्ष पनि गत वर्ष झैँ कोरोना भाइरसको जोखिम बढेकोले होली उत्सव घर र परिवारको साथमा मात्रै सिमित भएको छ । कोरोना महामारीको कारण सरकारले भिडभाड गरेर होली खेल्न निषेध गरेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय दोलखाले शनिबार एक सूचना जारी गर्दै होली पर्व घरमैँ परिवारको साथमा मनाउन अनूरोध गरेको छ । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सार्वजनिक स्थलमा भिडभाड नगरी घरमैँ परिवारका बीच हर्षोल्लासका साथ होली पर्व मनाउन प्रहरीले अनूरोध गरेको हो । पर्व मनाउने क्रममा एक अर्काको ईच्छा विपरित जर्बजस्ती रङ हाल्ने, घर छतबाट फोहोर पानी छ्याप्ने, लोला हान्ने, बाटोमा हिँड्ने यात्रीहरुलाई दुःख हैरानी तथा कष्ट दिने कार्य जस्ता कानुन विपरितका कार्य नगर्न÷नगराउन सूचना मार्फत अनूरोध गरिएको छ ।
सूचनाको बर्खिलाप गरी कानुन विपरित उच्श्रृंखल गतिविधी गरेमा कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । होली पर्वलाई मर्यादित बनाउन र सम्भावित उच्श्रृंखल गतिविधी नियन्त्रण गर्न जिल्लाको विभिन्न स्थानमा १ सय ६१ जना प्रहरी प्रहरी परिचालन गरिएको डियसपी भेषराज रिजालले बताए । पर्वका समयमा मादक पदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई बिभिन्न स्थानमा मापसे चेक गरि कारबाहीको दायरमा ल्याइने उनले बताए । त्यसैगरि जिल्ला प्रशासन कार्यालय दोलखाले चैत्र ११ गते एक सूचना जारी गर्दै सामुहिक रुपमा सार्वजनिक स्थालमा भिडभाड नगरी घरमैँ बसेर होली मनाउन अनूरोध गरेको थियो ।
‘होली फेस्ट २०७७’ स्थगित
होली पर्वको अवसरमा चरिकोटमा आयोजना हुने भनिएको ‘होली फेस्ट २०७७’ स्थगित गरिएको छ । उक्त कार्यक्रम मार्फत् युवाहरुलाई समेटी जिल्लाको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने र मौलिक परम्परा र संस्कृतिको अनूसन्धान, संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ सरल नेपाल दोलखाले ‘होली फेस्ट २०७७’ कार्यक्रमको आयोजना गर्ने तयारी गरेको थियो । तर कोरोना जोखिम कायमै रहेकोले एक सूचना जारी गर्दै स्थगित गरिएको जानकारी दिइएको हो ।
Be the first to comment on "आज होली पर्व ः प्रहरीकाे अनुराेध हाेली घरमैँ मनाउनु"