आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

साउन ३, २०७५

काठमाडौँ-नेपाल चिकित्सक संघले प्रा।डा।गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ ।

यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ ।

असार १६ गतेदेखि जुम्लामा अनसनरत प्रा।डा।के।सी।को जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीसहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघको आरोप छ । संघले सरकारद्वारा गठित वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा।के।सी।लाई जबर्जस्ती काठमाडौं ल्याउने प्रपञ्चमात्र रचिएको आशंका छ ।

 

Shares

Be the first to comment on "आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द"

Leave a comment

Your email address will not be published.


*