लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, दोलखामा पनि सचेतना मूलक कार्यक्रम गरिदैँ

ईश्वर बिश्वकर्मा
चरिकोट, मङ्सिर ९
‘समानताको पुस्ता ः बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने मुल राष्ट्रिय मुल नाराका साथ मङ्सिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
पछिल्लो समय महिला हिंसाका घटना बढेकाले समाजमा सचेतना प्रदान गर्न लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सूरु भएको हो ।
दोलखाको भीमेश्वर नगरपालिकामा पनि अभियान सफल पार्न १६ दिने अवधीभर विविध कार्यक्रम गरिने भीमेश्वर नगरपालिकाले जनाएको छ ।
अभियानको पहिलोदिन अर्थात मंसिर १० ( नोभेम्बर २५) मा अन्तरक्रिया कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरि नगरपालिकाको सहकार्य र समन्वयमा जिल्लामा अवस्थित विभिन्न संघसंस्थाले नगरको विभिन्न वडामा सचेतनामूलक कार्यक्रम आयोजना गरिने छ । नगरले चार, पाँच, सात र नौ वडामा सचेतना कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ ।
अभियानको क्रममा हुराडेक नेपाल, महिला अधिकार मञ्च, माइती नेपाल, आवाज नेपाल, पौरखी नेपाल, ग्रामिण विकास टुकी संघ, सुआहारा लगायतका जिल्लामा रहेका विभिन्न संघसंस्थाले सचेतना मुलक कार्यक्रम गर्ने छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनका लागि नगरकी महिला तथा बालबालिका शाखाकी अधिकृत सुर्जा दाहालको संयोजकत्वमा उपसमिति गठन गरिएको नगरकी उपप्रमुख कमला बस्नेतले बताइन् ।
अभियानमा सचेतनामूलक अन्तरक्रिया, छलफल, नाटक, ¥याली तथा दिप प्रज्वलन गरिने उपसमितिकी संयोजक सुर्जा दाहालले बताइन् ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तिन जना दिदीबहिनीलाई तत्कालिन त्रूजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिने गरिन्छ ।
एकै परिवारका तिन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिालविरुद्धको हिंसाको रुपमा लिएर उनिहरुको सम्मान र सम्भmनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
मानवता विरुद्धको अपराधको रुपमा लैङ्गिक हिंसालाई मानिएकाले यसको अन्त्यका लागि विभिन्न सचेतना मुलक कार्यक्रम सँगसगैँ हिंसा शुन्यता र अन्त्यका लागि सबै एकजुट हुनुपर्ने महिला अधिकारकर्मीहरुको भनाइ छ । हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, महिला अधिकार संघसंस्थाहरुमा उजूरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आवाहन गरिएको छ ।

Shares

Be the first to comment on "लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, दोलखामा पनि सचेतना मूलक कार्यक्रम गरिदैँ"

Leave a comment

Your email address will not be published.


*