आगलागी पीडितलाई राहत वितरण

चरिकोट (दीस) – दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचउर बजारका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेतीको आर्थिक सहयोग तथा राप्रपा दोलखाका क्षेत्रिय सभापति कुमार कार्की तथा शैलुङ गाउँपालिकाका राप्रपाका अध्यक्ष नवराज खड्काको पहलमा सोमबार पीडितलाई ब्याङकेट तथा खाद्यन्न सहितको सामग्री वितरण गरिएको हो । पीडितलाई वडा अध्यक्ष राम प्रसाद मैनालीले सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
गत माघ १८ गते राती आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । आगलागीबाट ९ घर पसल तथा होटल जल्दा करिब तीन करोड बढीको क्षति भएको हो । आगलागीबाट १६ परिवार पीडित भएको स्थानीयको भनाई रहेको छ । आगलागीबाट घर, होटल र पसलमा क्षति पुग्नुका साथै त्यहाँ भएका धनमाल, जिन्सी सामान, व्यापारिक सामाग्रीहरु जलेर नष्ट भएको र पशुचौपाय जलेर मरेका थिए ।

Shares

Be the first to comment on "आगलागी पीडितलाई राहत वितरण"

Leave a comment

Your email address will not be published.


*