आगलागीबाट लामाको आश्रममा क्षति

दीक्षण समाचार
चरिकोट, १५ असोज
विगू गाउँपालिका वडा नं. ४ लामाटोलमा आगोलागीबाट एक लामाको आश्रम पूर्ण रुपमा क्षति भएको छ । आइतबार अपरान्ह भएको आगलोगीबाट घर सहित लत्ताकपडा, नगद, अन्न, पुराना कागजात जलेर नष्ट भएको छ ।
स्थानीय छेतेन लामाको घरमो कोही नभएको अवस्थामा एक्कासी आगोलागी भएको हो । आगोलागीको जानकारी पाउँने वित्तीकै जनप्रतिनिधि र स्थानीयको पहलमा आगो नियन्त्रणमा आएपछि घर सहित घरमा रहेका सम्पत्ति जलेर नष्ट भएको विगू गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बुक्ताम तमाङले जानकारी दिए ।
आगलागीबाट लामाको पुरानो कागजात र नगद डेढ लाख जलेर नष्ट भएको छ । अहिले लामाको आङमा ढाकिएको कपडा बाहेक ऊसँग अहिले केही नभएको वडा अध्यक्ष तमाङले जानकारी दिए । आगोलागीबाट लामाको निजी गुम्बा समेत जलेको छ । आगोलागी पीडितलाई सहयोगका लागि वडाका जनप्रतिनिधि लगायतको पहलमा स्थानीयस्तरमा र देशविदेशबाट समेत सहयोगको याचना गरिएको छ ।
इलाका प््रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक नरेश मल्लले आगोलागीको मुचुल्का उठाउन बाँकी रहेकाले क्षतिको यकिन विवरण आइनसकेको जानकारी दिए । सोमबार पनि प्रहरी ३÷४ ठाउँ जानु पर्ने भएकाले आगोलागी भएको ठाउँमा पुग्न नसकेको जानकारी दिए ।

Shares

Be the first to comment on "आगलागीबाट लामाको आश्रममा क्षति"

Leave a comment

Your email address will not be published.


*