आईपीएल भोलिदेखि सुरु हुँदै, सन्दीपको टिमको खेल आइतबार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शनिबारदेखि सुरु हुँदैछ । शनिबार साँझ हुने उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

वानखडे रंगशालामा यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आफ्नो घरेलु मैदानमा हुने खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ ।

यता, २ वर्षपछि पुनः आईपीएल खेल्न फर्केको चेन्नई उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा निकाल्ने दाउमा छ । भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नई मैदानमा ओर्लिँदैछ ।

आईपीएलमा ८ टिमको सहभागिता रहेको छ । होम एण्ड अवेको आधारमा करिब १ महिनासम्म सञ्चालन हुने आईपीएलमा साविक बिजेता मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, कोलकोता नाइट राइडर्स, दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब छन् ।

नेपालका सन्दीप लामिछानेले पनि यो सिजनको आईपीएल खेल्दैछन् । दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीप आईपीएल खेल्न गत मार्च २७ तारिखमा दिल्ली गएका थिए ।

सन्दीप रहेको दिल्लीले किंग्स इलाभेन पञ्जाबसँग आइतबार मोहलीमा दिउँसो ४ बजे प्रतिस्पर्धा गर्दैछ ।

Shares

Be the first to comment on "आईपीएल भोलिदेखि सुरु हुँदै, सन्दीपको टिमको खेल आइतबार"

Leave a comment

Your email address will not be published.


*