आइसल्याण्ड कलेजमा प्राविधिक अध्ययन गर्ने विद्यार्थीहरुको आकर्षण बढ्यो

चरिकोट–३१ असार
पुर्वि पहाडी जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा केही वर्ष अघिमात्रै खुलेको सिटिइभिटीबाट सम्वन्धन प्राप्त प्राविधिक शिक्षालय आइसल्याण्ड मल्टी एकेडेमी एकाएक विद्यार्थीहरुको आकर्षण बन्ने गरेको छ ।दोलखा सँगै आसपासका दर्जनौ जिल्लाहरुमा पहिलो पटक सञ्चालित शिक्षालयमा कम शूल्कमा अमिन सहित सिविल सबओभरसियर अध्ययन गराउने भएपछि आइसल्याण्डमा विद्यार्थीहरुको आकर्षण बढेको हो । देशमा बेरोजगारीको संङख्या बढ्दोे छ । तर देशमा प्राविधिक शिक्षा पढ्ने जनशक्ति भने बेरोजगार कम हुने गरेका छन । विद्यार्थीहरुको प्राविधीक शिक्षामा आकर्षण बढदो छ । अहिले आमा बुवा आफना सन्तानलाई गुणस्तरयुक्त शिक्षा दिन प्राबिधिक शिक्षाको खोजीमा कलेजको ढोका धाउने गरेका छन । यहि शन्दर्भमा दोलखाको आईंसल्याण्ड मल्टी एकेडेमीले आम अभिभाबकहरुको चाहाना पुरा गरेको छ । बर्षेनी देशका प्राविधिक कलेजहरुमा विद्यार्थीहरुको ताँती नै देखिन्छ । तर गुणस्तर भने खस्कदो छ । दोलखाको आइसल्याण्ड मल्टी एकेडेमीले गुणस्तर कायम गर्न सफल भएको छ । बर्षमा प्राबिधिक जनशक्ति ८० जना अमिन ४० जना र सिभिल ओभरसियर ४० जना उत्पादन गर्ने गरेको कलेजका प्रिन्सीपल गौतम रिमालले बताएका छन् । आइसल्याण्ड कलेजवाट उत्पादन भएको जनशक्ति बेरोजगार बस्नु नपरेको प्रिन्सिपल रिमालको भनाई छ । अरु कलेजमा बिद्यार्थीे सङख्या कम भएको बेला आइसल्याण्डमा भने विद्यार्थीको चाप बर्षेनी बढ्ने गरेको छ । आइसल्याण्डमा सिमित कोटामा नाम निकाल्ने विद्यार्थीले मात्र पढ्न पाउने अबसर प्राप्त गरेको रिमालको भनाई रहेको छ । यो बर्षको नतिजा सर्वेमा मात्रै ८५ प्रतिशत विशिष्ट श्रेणीमा १५ प्रतिशत पहिलो श्रेणीमा पास गराउन सफल भएको छ । त्यसैगरी सिभिल सव ओभरसियर तर्फ ५४ प्रतिशत विशिष्ट श्रेणीमा पास भएका छन भने ४६ प्रतिशत पहिलो श्रेणीमा पास भएको प्रिन्सिपल रिमालले जानकारी दिए । यो नतिजाले कलेजको गुणस्तर कस्तो छ भन्न प्रस्ट देखिन्छ । विद्यार्थी भर्ना गर्ने बेला सोर्स र भनसुन भन्दा पनि क्षमता र प्रतिभा भएका विद्यार्थीलाई कलेजले पहिलो प्राथमिकता दिने गरेको कलेज स्रोतले जनाएको छ । त्यसैले पनि अभिभाबकको पहिलो रोजाईमा आइसल्याण्ड मल्टी एकेडेमी पर्ने गरेका अविभाबकहरुले बताएका छन् । अर्को आकर्षण बढ्नाको कारण कलेज प्रशाासनले बर्षेनी उत्कृष्ट तथा अन्य विद्यार्थीलाई छात्रवृत्तीको लागि पहल गर्ने गरेको छ । गत बर्ष ३६ जनाले तथा यस बर्ष ४४ जनाले इभेन्ट नेपाल मार्फत ५० प्रतिशत छात्रवृत्तीको व्यवस्था पाएका थिए ।

हाल अमिन तहको तेस्रो व्याचमा अध्ययनरत रामेछापकी सुदिना थापा कलेजको गुणस्तरियताबारे भन्छिन “ विद्यार्थीहरुका लागि आइसल्याण्ड असाध्यै उपयुक्त कलेज हो । थोरै लगानीमा नजिकको भुगोलमा कलेज खुल्दा सबैलाई अबसर भएको बताउदै थापाले अन्य विद्यार्थीहरुलाई पनि ढिलो नगरी आइसल्याण्ड आउन अनुरोध समेत गरेकी छन् । आइसल्याण्ड अमिन उत्पादन गर्ने दोलखा आसपासका दर्जन धेरै जिल्लाहरुकै पहिलो हो । त्यसैले यस शिक्षालयमा उक्त विषय अध्ययन गर्न देशका विभिन्न जिल्लाहरुबाट आइसल्याण्ड आउने गरेको कलेजका सञ्चालक रेशमराज श्वराज रिमालले बताएका छन् । आइसल्याण्डमा अमिन बाहेक सिविल सबओभरसियर विषय पनि विद्यार्थीहरुका लागि अर्को आकर्षण रहेको शैक्षिक क्षेत्रका जानकारहरु बताउछन् । आइसल्याण्मा अध्ययन गरेका अधिकांस विद्यार्थीहरु बेरोजगार नरहेको कलेजको तथ्यांक रहेको छ । अन्य विषयमा माथिल्लो तह अध्ययन पुरा गर्दा पनि रोजगारी पाउन नसकेको विकराल अवस्थामा आइसल्याण्ड नयाँ पुस्ताका लागि बेरोजगारी समस्या समाधान गर्ने अर्को उपाए रहेको पुर्वविद्यार्थीहरुको तर्क छ । डिप्लोमा तह पनि केही समय पछि संन्चालनमा आउने व्यवस्थापनले बताएको छ ।

Shares

Be the first to comment on "आइसल्याण्ड कलेजमा प्राविधिक अध्ययन गर्ने विद्यार्थीहरुको आकर्षण बढ्यो"

Leave a comment

Your email address will not be published.


*