अस्ताए नेपाली कांग्रेस दाेलखाका इतिहास न्यौपाने

  दोलखा । नेपाली कांग्रेस दोलखाका पुर्व सभापति एबं नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा देवीप्रसाद न्यौपानेको निधन भएको छ ।  नेपाली कांग्रेस दोलखाको इतिहास समेत रहनुभएको न्यौपानेको बिहीबार  तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेस्तिथ आफ्नै घर छेउमा मुढाले किचेर निधन भएको हो । न्यौपाने २०२७ सालमा जनकपुर अञ्चलको गौरीशंकर छात्र समितिको सदस्य हुँदै विद्यार्थी राजनीतिमा होमिनु भएको थियो । उहाँ विद्यार्थी राजनीति पछि २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति र २०६२÷२०६३ सालको आन्दोलन ताका पनि जिल्ला सभापतिको रुपमा रहनु भएको थियो ।  उहाँ तत्कालिन समयमा शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको दोलखा सभापति समेत रहनु भएको थियो । उहाँ तीन पटक दोलखाको सभापतिको रुपमा रहनु भएको नेपाली कांग्रेसका पुर्ब सभापति उद्धबराज काफ्लेले बताउनु भयो । राजनीतिमा कुनै लाभको पद नलिएका न्यौपाने अत्यन्तै सरल , सादगी , निष्ठावान नेताको रुपमा चिनिनु हुन्थ्यो । विपी कोईराला प्रवासमा रहँदा भारतको बनारसमा बिपि कोईराला हँुदै सरोज कोईरालासँगै  २ बर्ष प्रवासमा समेत विताउनु भएको न्यौपाने हाल नेपाली कांग्रेसका पुराना नेताको रुपमा समेत चिनिनु हुन्थ्यो  ।  नेशनल कलेज हालको शंकरदेब क्यापसका विद्यार्थी नेता न्यौपानेको प्रदीप गिरी, दुर्गा सुबेदी , बिमेलेन्द्र निधि  जस्ता नेताहरुसँग अत्यन्तै गहिरो सामित्यता रहेको थियो । न्यौपानेले नेपाली जनताको हकहित अधिकार प्राप्तिका लागि नीन पटक गरेर  करिब चार बर्ष जेल जीवन समेत बिताएको नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताउनु भयो । न्यौपाने नेपाली कांग्रेसले लिएको मेलमिलापको नीति पश्चात् बिपीसँगै स्वदेश फर्किनु भएको थियो ।दोलखाको कांग्रेसको राजनीतिमा न्यौपाने निरन्तर महासमिति सदस्य समेत रहनु भएको थियो । २०५७ सालमा  न्यौपानेलाई सरकारले गठन गर्ने  सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष समेत बनाईएको थियो । उहाँ बाह्रौं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार बनि झिनो मतले पराजित बन्नुभएको थियो ।२००६ साल असोज १६ गते दोलखाको जफेमा जन्मिनूभएको न्यौपानेको जिवनस्तर हेर्दा बर्तमान नेपाली राजनितिलाई नै एउटा उदारण रहेको छ । अत्यन्तै सहयोगि, कार्यकर्ता माझ लोकप्रिय नेताका रुपमा चिनिने नेताको रुपमा न्यौपानेलाई लिईन्थ्यो ।

कसले के भने ?

सामाजिक सञ्जालमा श्रद्धान्जली अर्पण गर्दै नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले न्यौपानेले संगठन निमार्ण, लोकतान्त्रिक आन्दोलहरुमा पु¥याएको अतुलनिय योगदानको उच्च सम्मान गर्दै आफु दुखित भएको बताउनु भएको छ । त्यसैगरि नेपाली कांग्रेस दोलखाका पुर्ब सभापति ताराबहादुर कोईरालाले ले पनि न्यौपानेको निधन प्रति दुख ब्यक्त गर्दै एक मात्रै  जिवित इतिहास ढलेको बताउनु भएको छ ।  त्यसैगरि नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वर पोखरेलले पनि सामाजिक सञ्जाल मार्फत पुराना राजनितिज्ञको निधन प्रति दुख ब्यक्त गर्नु भएको छ ।त्यसै पुराना कम्युनिष्ठ नेता शिबप्रसाद भण्डारीले पनि न्यौपानेको निधनले दोलखाको राजनीतिमा ठुलै क्षति पुगेको बताउनु भएको छ ।त्यसैगरि बुद्धिजिबि बामपन्थि नेता एबं पत्रकार बद्रिकुमार चौलागाईले न्यौपानेको निधन प्रति दुख ब्यक्त गर्दै ईमान्दार, निष्ठावान ,बैचारिक,प्रजातान्त्रीक नेता आदर्श पुरुषको निधनले दोलखा र नेपाली राजनितिलाई क्षति पुगेको बताउनु भएको छ ।

त्यस्तै बरिष्ठ पत्रकार सरोज काफ्लेले पनि आफुले यउटा राजनितिक अबिभाबक मात्रै नभएर शैक्षिक ब्यक्तित्व समेत गुमाएको भन्दै दुख ब्यक्त गर्नु भएको छ । त्यस्तै न्यौपानेका सहयोगिका रुपमा रहेका र उनको कार्यकालका पार्टी सचिब केशबराज चौलागाईले पनि उहाँ जस्तो नेता दोलखामा पाउन कठिन हुने बताउनु भयो ।न्यौपानेको निधनमा दोलखाको राजनितिमा समेत यउटा उदारणिय पात्र गुमाएको भन्दै सामाजिक संञ्जालहरुमा ब्यापक रुपमा उनिप्रति दुख ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गरिएको छ । न्यौपानेका दुई भाई छोरा , एक श्रीमति र पाँच छोरी  छन् ।

न्यौपानेको पार्थिर शरीर  बिहीबार रातभर घरमा नै राखेर आज बिहानै नेपाली कांग्रेसको पार्टी कार्यलयमा श्रद्धान्जलीका लागि राखिएको थियो भने त्यस पश्चात् चरिकोट सदरमुकामबाट नेता तथा कार्यकर्ताको उपस्थितिमा  आफ्नै गाउँको घाटमा लगिएको थियो । न्यौपानेको दाहसंस्कारका लागि पार्टीको झण्डा ओढ्याउन नेपाली कांग्रेसका नेता एबं सहमाहामन्त्रि प्रकाशरण हेलिकप्टर चढेर घाटसम्म आएका थिए । पार्टीको झण्डा ओढाउँदै महतले न्यौपानेको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको र सादगि नेताप्रति पार्टीले पनि बिबेक नगरेको भन्दै गुनासो समेत पोख्नुभयो । न्यौपानेको दाहसंस्कारमा नेपाली कांग्रेसका नेता एबं पुर्ब सांसद राजिबबिक्रम शाहि,सांसद एबं कांग्रेस नेता जिपछिरिङ लामा, नेपाली कांग्रेस रामेछापका सभापति लबश्री न्यौपाने , नेता कान्छाराम तमाङ दोलखाका जिल्लाका नेता तथा कार्यक्रताहरुको सयौं मात्रामा उपस्थिति रहेको थियो ।

फोटो : न्यौपानेको शव सदरमुकाम चरिकोटबाट घाटतर्फ लगिदै । 

Shares

Be the first to comment on "अस्ताए नेपाली कांग्रेस दाेलखाका इतिहास न्यौपाने"

Leave a comment

Your email address will not be published.


*