पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङखला १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ कार्तिक २६ गते
सामान ल्याएको बाक्साको गद्दा हिजे मैले लिएको थिएँ । विहानै ध्यान गर्नका लागि । ध्यान गर्ने ल्यापटपमा रहेका किताबहरु पढ्ने । यस्तै यस्तै गरेरै समय कटाउन पर्ने थियो । गद्दा भएपछि योगध्यान गर्न सजिलो भयो । बाहिरै योगध्यान गर्न लागियो । योगध्यान सकिएपछि सुर्योदयको फोटो खिचेर बसें । गिद्धेडाँडाबाट झुल्कने सुर्यको किरण हाम्रा ठाउँमा ७ बजेर ६ मिनेटमा आइपुग्थ्यो । उस्तै उस्तै हुन्छन सूर्योदय र सूर्यास्त । फोटोमा एकै देखिन्छ । भिडियो बनायो भने एउटाले उज्यालो छर्दै हुन्छ । अर्को आफैं अँध्यारोमा पुरिँदै हुन्छ । विश्वमा सबैभन्दा धेरै उदाउँदो घाम खिचिन्छ भनेर त सायद कसैले खिच्लान् । मन परे फोटो खिचिने न हो । सायद यो पनि शक्ति तथा आशाकै पुजा होला । नत्र त सूर्य एउटै न हो । साँच्चै, तल झर्न रहर गर्ने संसारको कुनै जीव होला र ?९ बजेतिर साथीहरुले ब्याडमिन्टन खेल्नका लागि कोर्ट बनाउन लागे । मैले पत्रकार महासंघ दोलखाकका अध्यक्ष जीवन लामालाई कोरोना विमा दावी गर्नका लागि कुरा गर्न भनें । उनले एउटा मेल ठेगाना र प्रदेश पत्रकार महासंघको सचिवको नम्बर एसएमएस गरिदिए ।
मैले प्रदेश पत्रकार महासंघको सचिव कृष्ण सारु मगरसँग पनि कुराकानी गरें । उनले मलाई एउटा निवेदन लेख्न भने ।११ बजेतिर जिल्ला आयुर्वेद कार्यालय दोलखाका विमल श्रेष्ठसहितको टोली औषधीसहित आइपुग्यो । हामीभन्दा अगाडिदेखि बसिरहेका व्यक्ति फेरि स्वाव परिक्षणका लागि गए ।स्वाव दिन पालिका अध्यक्ष आएका थिए । उनिहरु हामी भएका ठाउँमा पनि आए । उनले भने अर्जुन अलिक होसियार बस्ने । हाँस्ने मात्र हैन । उनको कुरा सुनेर मलाइ लाग्यो । मलाइ कोरोना हाँसेर सरेको हो । अव हाँस्न कम गरे कोरोना ठीक हुन्छ !अन्य साथीहरुको विमा थियो अर्कै कायालयबाट । त्यहि विमा दावीका लागि एकजना कागजातहरु लिनका लागि आएका थिए ।स्वास्थ्य चौकीबाट पनि आजै ४ थरी औषधी दिइएको थियो । म खानापछि निदाएको थिएँ । त्यहि बेलामा वडाध्यक्षले साथीहरु भेटेर फर्किएछन् ।३ बजेतिर २ जनाले फोन गरेका रहेछन् । मैले फोन छाडेको थिएँ । मिस्ड कल भएको रैछ ।
फोन फर्काएँ । एक जनाले एउटा छलफल कार्यक्रममा निम्ता गरेर इमेल लेखेका रैछन् । त्यसैका बारे कुरा गर्न फोन गरेका रैछन् ।अर्को आज चरिकोट आएकी रैछन् । उनि चरिकोटबाहिर काम गर्ने गर्थिन । चरिकोट भए सँगै चिया खाउँ भनेर फोन गरेकी रैछन। तैपनि उनले म त तिमीलाई नै भेट्न आ नि भनेर गफ दिएकी थिइन् । गफै भए पनि रमाइलो न हो ।४ बजेतिर सम्पादक सृजन घिमिरेको फोन आयो । उनले मेरो स्वास्थ्य अवस्थाका बारे सोधखोज गरेका थिए ।मास्क अनिवार्य बनाएको छ कोरोनाले । पहिला मास्क फुकालेर मात्र प्रवेश गर्नुहोला भन्ने स्थानमा आजकाल मास्क नलाई छिर्न पाइन्न । विद्यालय गइरहेका विद्यार्थीहरु पनि मास्क लगाएर आउने जाने गर्नु पर्ने भएको छ । हिजो किताव कापी च्यापेर घर फर्कँदै गरेका विद्यार्थीको फोटो खिच्दा भनेजस्तो आएन । फोटो खिचेको समय हेर्दा ५ बजेतिर रैछ । आधा घण्टा देखि राम्रो फोटो खिच्नका लागि कुरियो तर विद्यार्थी आइनन् । उनले यो बाटो नै पो फेरिन कि । वा उनि आज विद्यालय नै गइनन् ।विद्यार्थी खिच्न सकिएन । तिनीहरुका सट्टामा गाउँलेहरुका तस्विर भने कैद भए । गाउँले जनजीवन देखिने खालका ।रात परेपछि उपाध्यक्ष कल्पना भण्डारी हामीलाई भेट्न आइन् । हामीले धेरै कुरा गरेनौ । किनकी उनलाई फर्केर सानीबेसीमा पुग्नु थियो ।क्रमश………..
Be the first to comment on "अस्ताउने सुर्यको तस्बिर !"