दीक्षण दैनिक /चरिकोट – गएराती निधन भएका दोलखाका लोक प्रिय नेता पशुपति चौगागाईकाे आज पशुपति आर्यघाटकाे बिद्युतिय शब गृहमा अन्तेष्टी गरिएको छ । अन्त्येष्टिमा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री तथा एमाले वागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ,बागमती प्रदेश रचना खडका लगायतकाे नेता तथा कार्यकर्ता उपस्थिति रहेकाेे थियाे ।नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमणको कारण बागमती प्रदेशसभा सांसद पशुपति चौलागाईँको मँगलबार साँझ निधन भएको थियो ।
एमालेका प्रभावशाली र लोकप्रिय नेता एवं साँसद चौलागाईँको काठमाडौँस्थित मनमाहेन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
काठमाडौँमा नमूना स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा बैशाख २० गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई संक्रमण भएको दुइ दिन पछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत सांसद चौलागाईको मंगलबार साँझ निधन भएको थियो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाईं यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, १ छोरा र २ छोरी छन् । श्रीमती र १ छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।
Be the first to comment on "अल विदाः निष्ठावान नेता चौलागाई"