अर्थभुमी, आनन्ददायकपछि गगनचुम्बी मिलिजुलीसँग

दीक्षण समाचार
चरिकोट १९ असार
दोलखा भीमेश्वर नगरपालीका वडा ६ मा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था र बिगु गाउँपालीका वडा ४ मा रहेको गगनचुम्बी बचत तथा ऋण सहकारी संस्था एकीकरण गर्ने सम्झौता भएको छ ।
मिलिजुली साकोस अकुको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) द्धारा सञ्चालीत एक्सेस कार्यक्रम अन्तर्गत सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने गगनचुम्वी बचत तथा ऋण सहकारी संस्था नेफ्स्कुनद्धारा सञ्चालीत कर्भस कार्यक्रममा सहभागि भएको संस्था हो । दुबै संस्थाले एकीकरण गर्ने सम्झौता भएको मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।
गगनचुम्बी यस अघि चरिकोटकै अर्थभूमी साकोस र सुनखानीमा रहेको आनन्ददायक बहुउद्देश्यीय सहकारीसँग पनि मर्जरको सम्झौता गरेको थियो । तर एउटासँग सम्झौता गरेर एक तर्फी रुपमा पुनः अर्कोसँग मर्जरको सम्झौता गरेको हो । मिलीजुलीले चालु आर्थिक वर्षमा आधा दर्जन बढी सहकारीलाई आफूमा गाभेको छ ।
चालु आर्थिक वर्षमा नै चरिकोटको हाम्रो जनकल्याण साकोसले २ र काब्रको जनसचेतन साकोसले समेत एक सहकारी गाभेका छन् । चरिकोटमा रहेका केही सहकारीहरु पनि विग मर्जरको अभ्यासमा रहेका छन् । केही दिन भित्र हस्ताक्षर गरेर सार्वजनिक गर्ने तयारी गरेका छन् । साउन १ गतेबाट एकीकृत कारोबार गर्ने गरी आन्तरिक रुपमा तयारी भइरहेको ति सहकारीका संचालकले जानकारी दिए । उनीहरुले अहिले नै यसको सार्वजनिक गर्दा अनावश्यक चर्चा हुने र चलखेल हुने बताए ।

Shares

Be the first to comment on "अर्थभुमी, आनन्ददायकपछि गगनचुम्बी मिलिजुलीसँग"

Leave a comment

Your email address will not be published.


*