अमेरिकी सेनाले खिच्यो एलियन विमानको तस्वीर

एजेन्सी – अमेरिकी सेनाले एटलान्टिक महासागरमाथि क्युब आकारको रहस्यमय उडिरहेको वस्तुको तस्वीर खिचेको छ । यूएफओबारे अमेरिकी रक्षा मन्त्रालयबाट लिक भएको गोपनीय रिपोर्टमा यो रहस्यमय वस्तुको तस्वीर बाहिरिएको हो । लिक भएको एक फोटोमा चाँदी रंगमा क्यूव जस्तो वस्तु एटलान्टिक महासागरमाथि उडान भरिरहेको देखिएको छ । यूएफओ देखिएको यो घटना २०१८ को भएको बताइएको छ । र यो वर्ष गर्मी मौसममा पनि देखिएको बताइएको छ । यी तस्वीर अमेरिकी खुफिया संगठनका बीच ठूला परिमाणमा आदानप्रदान गरिएको छ । अन आइडेन्टिफाइड एरियल फेनोमेना टास्क फोर्सले यो रिपोर्ट तयार पारेको थियो । रहस्यमय वस्तु समद्रबाट निस्केर आकाशमा चक्कर लगाउन थालेको यूएफओको रिपोर्टमा भनिएको छ । साथै यो वस्तु परग्रही हुनसक्ने सम्भावना रहेको पनि बताइएको छ । ब्रिटिश विशेषज्ञ निक पोपले डेलिमेलसँग कुरा गर्दै यूएफओबारे खुलासा भएको अमेरिकी रिपोर्ट असाधारण भएको बताएका छन् । ‘पर्दापछाडि चलिरहेका यस्ता विषयवस्तुबारे न जनतालाई जानकारी छ । अमेरिकी सरकार यूएफओसँग कसरी लडिरहेको छ भन्ने मात्र देखाएको छ । यो खुलासाबाट अमेरिकी सरकार यूएफओबारे गम्भीरताका सोँचिरहेको छ, जति पहिले सोचेको थिएन’, उनले भने । निकले छिट्टै गम्भीर विषय खुलासा हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् । हालै सार्वजनिक भएको उक्त रिपोर्टबारे अमेरिकी रक्षा मन्त्रालयले हालसम्म केही बताएको छैन । लिक भएका यी तस्वीर पहिलेदेखि नै द डिब्रीफमा प्रकाशित भएका थियो ।यसमा रक्षा मन्त्रालय र खुफिया सुत्रलाई उदृत गरिएको थियो । सुत्रअनुसार लिक भएका यी तस्वीर २०१८ मा अमेरिकाको पूर्वी तटमा एक अमेरिकी वायुसेनाका पाइलटले आफ्नो मोबाइल फोनमा खिचेका थिए । यी तस्वीरलाई पहिला अज्ञात चाँदी रंगका क्युब आकारको वस्तु भएको बताइएको थियो । यो रहस्यमय उडनतस्तरी समुद्रको ३० हजारदेखि ३५ हजार फिटको उचाईमा उडिरहेका थियो । तस्वीर देखेर विषेशज्ञ पनि अचम्ति भएका छन् । उनीहरुले यो रहस्यमय वस्तु एक जिपिएस डिभाइसजस्तै देखिने गरेको बताएका छन् । जसलाई चक्रवाद आएपछि विमानबाट गिराउने गरिन्छ । यद्दपि यी तस्वीरमा जिपिएस ट्रान्सपोट देखिँदैनन् । केही विषेशज्ञका अनुसार यो वस्तु मौसम पत्ता लगाउनका लागि छाडिएका बेलुन हुनसक्छन् । यी दावीकाबीच रहस्यमय वस्तुका तस्वीरले अमेरिकी रक्षा मन्त्रालयलाई तनावमा पारेको छ । अमेरिकी रक्षा मन्त्रालयको रिपोर्टमा एलियन हुनसक्ने सम्भावना अधिक रहेको बताइएको छ । साथै मानिसले बनाएको कुनै पनि डिभाइस हुन नसक्ने बताइएको छ । पछि संशोधन गरिएको रिपोर्टमा हावा र पानीमा सहजै उड्नसक्ने क्षमता भएको पनि बताइएको छ । ‘यो वस्तु तिव्र गतिमा समुद्र भित्रबाट निक्लेर अविश्वसनीय रफ्तारमा हावामा उड्नसक्छ,’ रिपोर्टमा भनिएको छ । तस्वीरमा अज्ञात वस्तु समुद्रबाट निक्लेर रहस्यमयी ढंगले हावामा उडेको देख्न सकिन्छ । यसको हरेक एक कुनामा सेतो बत्ति बाहिर निस्किरहेको देखिन्छ । त्रिकोणात्मक आकारमा बनेको अज्ञात वस्तु परानो ग्रन्थमा उल्लेख गरिएको विमानजस्तो पनि देखिन्छ । यसलाई पहिले अमेरिकी नौसेनाका कमाण्डर डेभिड फ्रेभरले २०१७ मा प्रशान्त महासागरमा २००४ मा रहस्यमय वस्तु पानीबाट बाहिर निस्किँदै गरेको देखेको दाबी गरेका थिए । आफूले यसको पिछा गर्दा रहस्यमय ढंगले गायब भएको बताएका थिए ।

Shares

Be the first to comment on "अमेरिकी सेनाले खिच्यो एलियन विमानको तस्वीर"

Leave a comment

Your email address will not be published.


*