एजेन्सी – अमेरिकाका राष्ट्रपति जो बाइडनले कोभिड खोपको बौद्धिक सम्पत्ति अधिकार हटाएर गरीब मुलुकहरूका लागि खोप सहजै उपलब्ध गराउने घोषणा बुधवार गरेका छन् । बाइडनको यस कदमबाट ठूला औषधि कम्पनीहरू रिसाएका छन् । यसअघि अमेरिकाले कम्पनीहरूको बौद्धिक सम्पत्ति अधिकारलाई सुरक्षित राख्दै अन्य देशमा खोप उत्पादनका लागि अनुमति नखोल्ने निर्णय लिएको थियो । तर डेमोक्रेटिक पार्टीका सांसदहरू तथा १०० भन्दा बढी मुलुकले दबाब दिएपछि बाइडनले यो कदम चालेका छन् । ‘यो विश्वव्यापी स्वास्थ्य संकट हो र कोभिड महामारीको असाधारण परिस्थितिमा असाधारण उपाय अपनाउनुपर्ने हुन्छ,’ अमेरिकाकी व्यापारदूत क्याथरिन ताइले भनिन् । भारतमा विशाल स्तरमा फैलिएको संक्रमणले गर्दा भाइरसका नयाँ स्ट्रेनहरूमा खोपले काम नगर्ने खतरा उत्पन्न भएकाले खोप लगाउने काममा तीव्रता दिन जरूरी छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एदानोम गेब्रेयेसुसले बाइडनको कदम कोभिडविरुद्धको लडाइँमा महत्त्वपूर्ण क्षण भएको बताए । यसले अमेरिकाको बुद्धिमत्ता तथा नैतिक नेतृत्वलाई पनि प्रतिबिम्बित गरेको उनको भनाइ छ । औषधि बनाउने कम्पनीहरूले कोरोना संकटमा खोपबाट व्यापक नाफा कमाइरहेका छन् । बाइडनले यसरी यी कम्पनीहरूको बौद्धिक सम्पत्ति अधिकार हटाइदिएपछि सुरक्षामा सम्झौता गर्नुपर्ने हुन सक्ने भनी कम्पनीहरूको पैरवी समूहले चेतावनी दिएका छन् ।
अमेरिकाले गरीब मुलुकलाई कोरोना खोप उपलब्ध गराउनका लागि खोल्यो बाटो
TOPICS:विदेश
Posted By: दीक्षण दैनिक २४ बैशाख २०७८, शुक्रबार १२:२६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "अमेरिकाले गरीब मुलुकलाई कोरोना खोप उपलब्ध गराउनका लागि खोल्यो बाटो"