सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ । अमेरिकाको यो निर्णयबाट संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (यूएनएचआरसी) पछाडि गएको अष्टे«लियाका विदेश मन्त्री जुली विसपले बुधबार बताएका छन् ।
अमेरिकाको यूएनएचआरसीबाट छुट्टिने निर्णयबाट अष्ट्रेलिया निरास भएको विदेशमन्त्री जुलीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले यस परिषद्माथि राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो, कपटी, पाखण्डी र इजरायलको विरोधीजस्ता अनेक आरोप लगाउँदै अमेरिका यस परिषद्बाट छुट्टिएको घोषणा गरेका थिए ।
राजदूत हेलीले विदेशमन्त्री माइक पोम्पेओसँग वासिङ्टनमा भएको संयुक्त पत्रकार सम्मेलनमा मानव अधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णय सार्वजनिक गरेका हुन् । रासस/सिन्ह्वा
Be the first to comment on "अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास"