दीक्षण समाचार
चरिकोट, मंसिर १२
प्रकाश नेपालीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गर्दै अभियान बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा शनिबार सम्पन्न भएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित संस्थाको दोश्रो वार्षिक साधारण सभाले नेपालीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो । उपाध्यक्षमा कृष्ण परियार, सचीवमा राजन बस्नेत, सहसचीवमा नवराज खड्का, कोषाध्यक्षमा रेखा परियार रहनुभएको छ । सदस्यहरुमा भीमसेन श्रेष्ठ, प्रमिला बस्नेत, रमेश नेपाली, सन्तोषी सापकोटा, युबराज श्रेष्ठ निर्बिरोध निर्वाचित भएको निर्वाचन मन्डलका सदस्य गोकर्ण प्रसाद भण्डारीले बताउनुभयो । भरत बस्नेतको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाइ शनिबार नै सपथ ग्रहण गराइएको उहाँले बताउनुभयो ।
एक आपसमा हित गर्नको लागि कष्टकर अबस्थामा संस्थाको बिकास गर्न मुख्य भुमिका निर्वाह गरी सस्थाको बिकासमा अतुलनीय योगदान पुर्याउन सहयोग गरेको भन्दै संस्थाका संस्थापक सचिव समेत रहनु भएका सामाजिक अभियान्ता राजन बस्नेतलाई सम्मान गरिएको छ ।
त्यसैगरी बर्ष उत्कृष्ट कर्मचारीको रुपमा सङ्गिता तामाङ, र दैनिक बचत तर्फ लिला माया श्रेष्ठलाई सम्मान गरिएको संस्थाका अध्यक्ष प्रकाश नेपालीले बताउनुभयो ।
साकोसको वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । संथाको ७६ लाख कुल पूँजी रहेको कोषअध्यक्ष सुनिता नेपालीले जानकारी दिनुभभयो । संस्थामा हाल ३३५ जना सदस्य रहेको अध्यक्ष प्रकाश नेपालीले बताउनुभयो । साधारण सभामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको अध्यक्ष दीपशंकर चौलागाईं, प्रेस युनियन नेपाल दोलखाका कार्यबाहक अध्यक्ष एबम नेपाल पत्रकार महासंघ दोलखा शाखा सदस्य गोकर्ण प्रसाद भण्डारी, जिल्ला सहकारी संघ दोलखाका ब्यबस्थापक अनिल दाहाल लगायतको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रदिप नेपालीले गर्नुभएको थियो
Be the first to comment on "अभियान बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व"