अभिमुखीकरण कार्यक्रम संञ्चालन गरिने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर चारले वडा स्थानीय कृषकहरुकालागि अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । भीमेश्वर नगरको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडाका कृषकहरुला लागि माघ २७ गते अन्तक्र्रिया कार्यक्रम संञ्चालन गर्ने भएको हो ।
नगरको चालु आर्थिक वर्षको स्वीकृत माटो नमूना संकलन, परीक्षण, कृषि चुन वितरण, उन्नतजातका तरकारीका विउ वितरण गर्नका लागि वडा भित्रका ब्यावसायिक कृषकहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिनुभयो । विउविजन, माटो नमुना संकलन तथा परीक्षण लगायतका कार्य सम्पन्न गर्न जिलु साना किसान कृषि सहकारीसँग वडाले सम्झौता गरेको वडा कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "अभिमुखीकरण कार्यक्रम संञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*