दोलखा(दीस) ) —सदरमुकाम चरिकोटको टुडिखेल नजिकै जस्ताको कटेरोमा साना बालबालिकाहरु ख्ेलिरहेका देखिन्छन् । यो कुनै विद्यालय भने होईन । कोही अभिभावकसँग छन्,कोही एक्लै । यी अभिभावक विहिन बालबालिका अधिकांश परिवारबाट स्विकार्य नभएर अलपत्र परेका बालबालिका हुन् । यी बालबालिकाको हेरचाह र रेखदेख गरिरहेको छ आवाज नेपालको स्नेह केन्द्रले । यो केन्द्रमा १५ जना यस्ता बालबालिका छन् । यी मध्ये ८ जना अभिभावक विहिनछन् । अन्य ६ जना बालबालिका आमाहरु कुनै न कुनै हिंसामा परेर यहाँ आश्रय लिईरहेकाहरुका हुन् । विद्यालय जाने उमेरका विद्यालय जान्छन् भने अन्य खेलेर बसेको भेटिन्छ । यहाँ रहेका बालबालिका घरबाट कोही लिन आँउछ की भनेर बाटो हेरिहेका हुन्छन् । तर अझैसम्म यी बालबालिकाई लिन घरबाट कोही आएका छैनन् । यो केन्द्रमा सबैभन्दा बढि जवरजस्ती करणीमा परेका महिला तथा किशोरी आमाबाट जन्मेका बालबालिका छन् । परिवारमा कसैले स्विकार्य नगरेपछि अन्तिममा यो केन्द्रमा आश्रय लिईरहेका हुन् । यहाँ आश्रित सबैको खानपान र पढाईखर्च आवाज नेपालले गरिरहेको छ । उनीहरु पारिवारिक पुर्नमिलनको आशामा यो केन्द्रमा बसिरहेका हुन् । कुनै गैरसरकारी संस्थाको सहयोग समेत यो केन्द्रमा छैन् । बालकालिकाको अध्ययन, हेरचाह र खानपिनको व्यवस्था केन्द्रले गरिरहेको अध्यक्ष श्रृजना कार्कीले बताउनु भयो। हिंसा प्रभावित यस्ता बालबालिका र महिलाका लागि दुई महिनाका लागि एकद्धार संकट व्यवस्थापन समितिले सहयोग गर्ने गरेको कार्की बताँउनु हुन्छ । दुई महिनाको सहयोगले केन्द्र चलाउन निकै मुस्किल हुने गरेको उहाँको भनाई छ । ‘अधिकांश व्यक्ति आफ्नो सुभकार्यका दिन नगद र जिन्सी सहयोग गर्छन,’ उहाँले भन्नु भयो्,‘धेर थोर यस्तो सहयोगबाट चलेको छ तर हामी आफै भने माग्न जाँदैनौ ।’ जाडोको समयमा अधिकांस बालबालिका चिसोले थलिने गरेको उनले बताईन ।‘परिवारले अस्विकार गरेका बालबालिकालाई सडकमा छोड्न मिल्छ त,’ उहाँले भन्नु भयो , ‘कसैले न कसैले यी बालबालिकाको भविष्य सोच्नु पर्छ भनेर हामीले पालन पोषणसहित पढाई रहेका छौं ।’ यी बालबालिकालाई परिवारसँग मिलन गराउने उद्धश्यले राखेपनि कोही लिन नआएको उहाँले बताउनु भयो । यहाँ आश्रितलाई बिहान बेलूकी खानपानको समस्या छैन । बालबालिकाको पढाईमा भने खर्च धान्न धौधौ भएको कार्कीको भनाई छ । ‘यस्ता बालबालिकाको पढाईमा सहयोग गर्छु भन्ने कोही आँउदैनन,’ उहाँले भन्नु भयो , ‘पारिवारिक पुर्नमिलन नभैञ्जेल हाम्रो कर्तव्य हो साना बालबालिका पढाउनु ।’ स्नेह केन्द्रका ८ जना बालबालिका चरिकोटको बालउद्यान संस्थागत विद्यालयमा अध्ययनरत छन् । उक्त विद्यालयले खाजा,पोसाक र स्टेशनरीको रकम लिएपनि यस्ता बालबालिकाको मासिक शुल्कमा भने निशुल्क गरिदिएको कार्कीले बताउनु भयो । ‘यो स्नेह केन्द्रबाट धेरैको पुर्नमिलन भयो, तर बालबालिकाको पुर्नमिलन निकै कठिन छ,’ उहाँले भन्नु भयो , ‘यी बालबालिको भविष्य स्नेह केन्द्रमै भएकाले रामै्र शिक्षा दिक्षा हाम्रो अभिभारा हो ।’ प्रति बालबालिका पोशाक स्टेशनरी र खाजा खर्चनै बार्षि ४० देखि ५० हजार लाग्ने उहाँले भन्नु भयो । यस्तोमा अतिरिक्त पढाईको व्यवस्थापन गर्न नसकेका कार्कीको भनाई छ । जाडो महिनामा यहाँ हुर्किरहेका बाबबालिकालाई लत्ताकपडा र पोषिलो खानाको अभाव छ । जस्ताको टहरोमै धेरैको रात वित्छ । विहान झुल्के घामपछि त्यसकै न्यानाले यहाँ आश्रितको दिन वित्छ । चिसोका कारण कतिपय बालबालिका बिरामी हुन थालेको आश्रय लिईरहेका पीडितले गुनासो गरे । उहाँहरुले धेरैले लत्ताकपडा सहयोग गरेपनि पुराना कपडा दिने गरेका कारण कतिपय काम नलाग्ने उनीहरुले सुनाए । बालबालिका मात्र होईन हिंसा पीडित महिला पनि पारिवारक मिलन आशामा यहाँ आश्रय लिएर बसेका छन् । घरेलु हिंसाका कारण १० बर्षदेखि १० बर्षिय छोरासहित यहाँ बसिरहेकी जमुना (नाम परिवर्तन) पारिवारिक मिलनको आशामा हुनु हुन्छ । हिंसाकै कारण उहाँ मानसिक रोगी हुनु भयो । मानसिक रोगको औषधी सेवन गरिरहकी उहाँमा अझैपनि परिवारमा पुर्नमिलन हुन्छ भन्ने आशा छ । घरबाट निकालिएकी उहाँसँग नागरिकता समेत छैन । ‘आफ्नो नागरिकता समेत बनाउन सकिएन,’ उहाँले बताउनु भयो , नागरिकता बनाउन घरपरिवारले साथ दिए हुन्थ्यो ।’ आफनो नागरिकता नबन्दा भविष्यमा छोराको नागरिता समेत नबन्ने चिन्ता उहाँमा छ । बिरामी परेपछि काम गर्न नसक्दा श्रीमानले थाममा बाधेर कुटपिटबाट ज्यान जोगाउन भागेर त्यहाँअआउनु भएको हो स्नेह केन्द्रले ३ पटक पुर्नमिलनको प्रयास गरी घरसम्म पु¥याईएकी उनी पुनः हिंसामा परेपछि घरमा बस्न नसकिएर फर्किएको बताउँनु हुन्छ ।
उनलाई अझै पनि घरपरिवारसँग पुर्नमिलन हुन्छ भन्ने आश छ । उनी जस्ता ९ जना हिंसा पीडित महिला पारिवारिक मिलन को आशामा यो केन्द्रमा छन् । उक्त केन्द्रमा भरिभराउ भएपछि भीमेश्वर नगरपालिकासँग सम्झौता गरेर सरकारी प्रिफ्याकले बनेको भवन समेत यो बर्ष संचालनमा ल्याईएको छ । यहाँ बस्ने अधिकांश पीडितको औषधी उपचार समेत स्नेह केन्द्रले व्यर्होदै आएको छ ।
Be the first to comment on "अभिभावकको पर्खाइमा बालबालिका"