अभिनय कार्कीको यात्रा पूरा

दीक्षण समाचार

चरिकोट, पुस ४

युवा यात्री अभिनय कार्कीले कालिञ्चोकदेखि श्रीअन्तु सम्मको पैदल यात्रा सम्पन्न गर्नु भएको छ । यस अघि मेची–महाकाली पैदल र मुलुकभर साइकल यात्रा गरेका कार्कीले तेस्रो चरणमा दोलखाको कालिञ्चोकदेखि इलामको श्रीअन्तु सम्म पैदल यात्रा गर्नु भएको हो । मोटिभेसन फ्रम द सिचुएसन अर्थात् परिस्थितिबाटै प्रेरणा टाइटल नाम दिइएको पैदल यात्रा २७ दिनमा पूरा भएको कार्कीले बताउनु भयो । धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकबाट सुरु भएको उहाँको यात्रा दोलखा भीमेश्वर, खरीढुँगा, र छिमेकी जिल्ला सिन्धुपाल्चोक र काभ्रेपञ्चोक लगायतका जिल्ला हुँदै पूर्वको इलाम पुगेर यात्रा सम्पन्न भएको हो । “आजको योगदान, पर्यटन प्रवद्र्धन” भन्ने नारा सहित पर्यटन प्रवद्र्धन र सकरात्मक सोचका लागि यात्रा गरेको उहाँले बताउनु भयो । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ३ पोखरेका अभिनय विश्व किर्तिमान ध्येयले अगाडि बढिरहनु भएको छ ।

Shares

Be the first to comment on "अभिनय कार्कीको यात्रा पूरा"

Leave a comment

Your email address will not be published.


*