लन्डन, २ भदौ (रासस÷एएफपी) ःअफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गर्नु भएको छ । उहाँहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उहाँहरुकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरुले एकआपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिनुभएको थियो । उहाँहरुले फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी गर्नुभएको बताइएको छ । आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ । उहाँहरुले अफगानिस्तानबाट बाहिरन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्तरुपमा सहायता प्रदान गर्ने बताउनुभएको थियो । त्यसैगरी आगामी दिनमा अफगानिस्तानमा आउनसक्ने मानवीय सङ्कटको समााधानका लागि दुई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने उहाँहरुले बताउनुभएको सो समाचारमा जनाइएको छ ।
अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ
Posted By: दीक्षण दैनिक २ भाद्र २०७८, बुधबार १३:०२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ"