्चरिकोट (दीस) ः सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय अपाङग मैत्री हुनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजनामा चरिकोटमा शनिबार भएको एक दिने अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगरपालिकामा अब बन्ने भौतिक संरचना अपाङ्ग मैत्री बनाउने प्रतिवद्वता जनाउनु भयो । नगरपालिकाले छिटै नगर भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको नयाँ तथ्याङ्क संकलन गरी सोही तथ्याङ्कको आधारमा उनीहरुलाई सहयोग गर्ने बताउनु भयो । भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईले वडामा रहेका सरकारी कार्यालयलाई अपाङ्ग मैत्री बनाउन आफूले सहजीकरण गर्ने बताउनु भयो । सार्वजनिक सरोकार कार्यालयमा दोभासे समेत राख्नु पर्ने उहाँले जोड दिनुभयो । कार्यक्रममा वक्ताहरुले अपाङ्ग मैत्री नीति हुनु पर्नेमा जोड दिनुभएको थियो । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण मखन पाण्डेले गर्नु भएको थियो ।
अपाङ्गमैत्री संरचना बनाउनु पर्नेमा जोड
Posted By: दीक्षण दैनिक १७ मंसिर २०८०, आईतवार १८:३३
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:१२
प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
Be the first to comment on "अपाङ्गमैत्री संरचना बनाउनु पर्नेमा जोड"