इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३०
दाेलखामा अपाङ्गता भएका व्यक्तिहरु यसै त पीडा भोगिरहेका थिए । कोरोना महामारी र लामो समयदेखि जारी निषेधाज्ञाले उनिहरुलाई पीडामाथी पीडा दिएकाे छ । कतिपयलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल भएको छ । भने कतिपय घरमा खाद्यान्न सकिन लागेपछि चिन्तित हुन थालेका छन् । राहत पाउने उनिहरुको आशा निराशामा परिणत भएको छ । गाउँगाउँमा सिंहदरबार आएको भनिएपनि अपाङ्गता भएका व्यक्तिहरुले यो विपतमा सिंह दरबारबाट कुनै किसिमको साथसहयोग र फाइदा लिन सकेका छैनन् । सिंहदरबारले उनिहरुलाई वेवस्ता गरेको हो भन्ने कुरा प्रष्ट हुन्छ । अपाङ्ता भएका व्यक्तिको हकअधिकार र सवालमा काम गर्ने उद्धेश्यका साथ खोलिएका संघसंस्थाले यो महामारीमा कुनै पनि काम गर्न सकेका छैनन् । त न ति संघसंस्थाहरुले अपाङ्गता भएकाहरुको हितमा आवाज नै उठाउन सकेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको गुनासो सुनिदिन र सम्बोधन गरिदिन यो समयमा कुनै निकायले सक्रियता देखाएको छैन् । चरिकोटका अपाङ्ग भएका व्यक्ति केदार बस्नेतले एक महिनादेखि आफुले खानाको समस्या भोग्दै आएको गुनासो पत्रकार गोकर्ण भण्डारीसँग राखे । पत्रकार भण्डारीले सहयोगी दाताहरुलाई सहयोगको निम्ति आव्हान गरे । त्यसरी आव्हान गरेको एकदिनमै केदार बस्नेतले खाद्यान्न राहत पाएका छन् । उनलाई विगुल फाउन्डेशनका अध्यक्ष लक्ष्मण गुभाजुले १ बोरा चामल, ५ केजी दाल, २ केजी चिउरा, १ लिटर तेल, साबुन, सोयाविन आधा केजी, रेगुलेटर र ग्याँससहितको १ थान सिलिन्डर राहत स्वरुप वितरण गरेका छन् । जसले गर्दा बस्नेतको समस्या दुर भएको छ । तर निषेधाज्ञा लामो समयसम्म जारी रहेमा उनलाई अझै पनि राहतको आवश्यकता हुनसक्छ । उनि त एक प्रतिनिधी पात्र मात्र हुन् । जो सदरमुकाममै रहेका कारण उनको गुनासो सुनिदिने व्यक्ति भेटिए । तर गाउँगाउँमा यस्ता व्यक्तिहरु छन्, जसले न त आफ्नो समस्या समाधान आफैँ गर्न सक्छन् । न कोही कसैलाई गुनासो नै राख्न सक्छन् । उनिहरुलाई महामारीसगैँ गरिएको निषेधाज्ञा अभिसाप बनेको छ ।
Be the first to comment on "अपाङ्गता भएकाहरुको पिडक बन्यो निषेधाज्ञा"