अपर तामाकोसीको सेयर सुचीकरणमा

दीक्षण समाचार
चरिकोट, २७ पुस
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण भएको छ । सुचिकरणको लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएकमा स्टकले सुचिकरण गरेको हो । स्टकल प्रवक्ता मुराहरि पराजुलीका अनुसार कम्पनीको शेयर दोस्रो बजारमा कारोवार भएको जनाएका छन् ।
स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन आएको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।
बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

प्रमाण पत्र डिम्याट गर्ने
यस अघि कर्मचारीका लागि वितरण भएको सेयरको प्रमाण पत्र वितरण भएको छ । सेयरलाई कागज सहित बनाउन डिपी आइडीमा जम्मा हुन्छ । त्यसका लागि प्रमाण पत्रधारी सेयरधनीहरुले डिपी आइडी खोलेको कार्यालयमा पुगेर डिम्याटका लागि आवेदन दिनु पर्छ । डिम्याट खाता, क्यापिटल, ब्रोकरहरु र क्यापिटल भएका बैंक शाखाहरुले पनि खोल्छन् ।

Shares

Be the first to comment on "अपर तामाकोसीको सेयर सुचीकरणमा"

Leave a comment

Your email address will not be published.


*