दीक्षण समाचार
चरिकोट, २९ पुस
माथिल्लो तामाकोशीको पुस २९ गते आइतबार देखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ। नेप्सेले तामाकोशीको शेयरलाई कारोबार गर्न युपिपिइआर (कारोबार संकेत प्रदान गरेको छ । यहि कोडमा अब कम्पनीको शेयर खरिद बिक्री हुनेछ ।
तामाकोशीको शेयरलाई नेप्सेले प्रतिशेयर न्युनतम ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँ ६७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । आइतबार सोही ओपनिङ्ग रेन्जको आधारमा तामाकोशीको कारोबार खुलेको हो । समाचार तयार पार्दासम्म कम्पनीको शेयर कारोबार प्रतिकित्ता २२४ रूपैयाँमा कारोबार भएको छ ।
तामाकोशीको बिहीबार नेप्सेको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत भएको थियो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड रूपैयाँ र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।
बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो ।
कारोबार सुरु भएको पहिलो दिनमै ५१ हजार ८७५ कित्ता शेयर कारोबार भएको छ । यो शेयर सर्वसाधारण समूहको मात्र हो । ३ वर्ष अघि सञ्चयकर्ता र कर्मचारीहरुका लागि बिक्री भएको शेयरको भने प्रमाण पत्र हितग्राही खातामा जम्मा भएपछि मात्र खरिद बिक्री गर्न पाइन्छ ।
दोलखाबासीको सेयर भने ३ वर्ष अझै खरिद बिक्री गर्न पाइदैन । तर हितग्राही खाता उल्लेख गरेको सेयर जम्मा हुन्छ भने हितग्राही खाता उल्लेख नगरेकाहरुले भने हितग्राही खाता राख्न सकिने अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।
Be the first to comment on "अपर तामाकोसीको कारोबार सुरु, आधारमूल्य २२४ रुपैंया"