अन्तर्घात गर्नेको विवरण पठाउन नेपाली काँग्रेसको निर्देशन

काठमाडौं÷नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले मंसिर ४ को निर्वाचनमा पार्टीलाई अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समतिले सो निर्देशन दिएको हो ।
समितिका सचिव प्रेम केसीद्वारा हस्ताक्षरित निर्देशनमा चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनिएको छ । यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित पुस १५ भित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशनमा भनिएको छ ।

Shares

Be the first to comment on "अन्तर्घात गर्नेको विवरण पठाउन नेपाली काँग्रेसको निर्देशन"

Leave a comment

Your email address will not be published.


*