अनेरास्ववियु दोलखा भन्छ– तत्काल परिक्षा रोक, नत्र आन्दोलन गर्छाैँ

दीक्षण समाचार
चरिकोट, बैशाख १९
दोलखाका ४ पालिकाका विद्यालयहरु बन्द हुँदा ५ वटा पालिका विद्यालयहरुले भने विद्यार्थीहरुको भौतिक उपस्थितिमैँ वार्षिक परिक्षा सञ्चालन गरिरहेको पाइएको छ । कोरोना महामारीको नयाँ भेरियन्टसहितको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको अवस्थामा यसको कूनै प्रवाह नगरी एकैदिन ३ देखि ४ वटा विषय सम्मको परिक्षा लिईरहेको पाइएको हो । जिल्लाको विगू, गौरीशंकर, कालिन्चोक, बैतेश्वर र मेलुङ गाउँपालिकाका विद्यालयहरुले परीक्षाकाे नाममा सयौँ विद्यार्थीहरुको स्वास्थ्य माथी खेलबाड गरिरहेको सतारुढ नेकपा एमाले निकट विद्यार्थी स‌ँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखा (अनेरास्ववियू) ले जनाएको छ । जसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा समेत परिक्षा सञ्चालन भएकोमा चर्को विरोध सहित सबै पालिकाका विद्यालहरु बन्द गर्न तथा परिक्षाहरु तत्काल स्थगित गर्न माग गरेको छ । साथै सम्बन्धित विद्यालय, विद्यार्थी र अभिभावकलाई यस्तो महामारीको समयमा जीवन नै सबैभन्दा ठूलो कुरा हो, भन्ने विषयलाई ध्यानमा राखी वार्षिक परिक्षामा सहभागी हुन र सहभागी नगराउन समेत अनुरोध गरेको छ । यसरी विद्यालयहरुले तत्काल वार्षिक परीक्षा स्थगित नगरे अनेरास्ववियु दाेलखा आन्दोलित हुने र यसबाट क्षेती भएको खण्डमा सँगठन जिम्मेवार नहुने समेत प्रेस विज्ञप्ति मार्फत् चेतावनी दिइएको छ ।

अनेरास्ववियू दोलखाका संयोजक राजकुमार ढुंगेल र सचीव जिपछिरिङ शेर्पाद्धारा हस्ताक्षिरित विज्ञप्तिमा जिल्लामा संक्रमण फैलावटमा बृद्धिभईरहेको अवस्थामा थप फैलावाट हुन नदिन स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत अपिल गरिएको छ । परीक्षा तत्काल रोक्न जिल्ला प्रसाशन कार्यालय दोलखामा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र समेत उनिहरुले बुझाएका छन्। अनेरास्ववियु दोलखाले लोकतन्त्र र मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता सामाजिक न्यायसगैँ विद्यार्थीहरुको हकअधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै आइरहेको संयोजक ढुंगेल बताए ।

 

Shares

Be the first to comment on "अनेरास्ववियु दोलखा भन्छ– तत्काल परिक्षा रोक, नत्र आन्दोलन गर्छाैँ"

Leave a comment

Your email address will not be published.


*