दीक्षण समाचार
चरिकोट, असोज १०
दोलखाको सदरमुकाम चरिकोटमा सोमबार अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वर नगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले किरण श्रेष्ठको अध्यक्षतामा ५८ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षहरूमा आयुष्का सापकोटा, प्रमिला थामी, सोमला तामाङ्ग, उषा थामी, पुष्कर थामी, प्रणेशा थामी चयन हुनु भएको छ । सचिवमा अन्जना श्रेष्ठ, सहसचिवमा दिपिका खड्का, विमला विश्वकर्मा, स्वष्तिका दाहाल, जुना लामा, देबिना श्रेष्ठ रहनु भएको छ ।
सम्मेलनले विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । जसमा छात्र विभाग प्रमुखमा सुजिना राउत र उपप्रमुखमा सम्झना तामाङ्ग, स्वयंसेवक विभाग प्रमुख ऐश्वर्य शिवाकोटी, रचनात्मक विभाग प्रमुख रन्जु चौहान र उपप्रमुख पुष्पा तामाङ्ग चयन हुनु भएको छ ।
त्यसैगरी खेलकुद विभाग प्रमुख प्रमिला श्रेष्ठ, उपप्रमुख रगिना कार्की, संस्कृति विभाग प्रमुख समिर अधिकारी र उपप्रमुखमा दिपा खत्री, सूचना तथा सञ्चार विभाग प्रमुखमा उदित कुसुले र उपप्रमुख सुजाता दाहाल चयन हुनु भएको अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वर नगर कमिटिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । आफ्नो नेतृत्वमा रहेको समितिले विद्यार्थीहरूको समस्याको पहिचान गर्दै समाधान गर्ने र विद्यार्थीहरूको हकहितमा सक्रिय हुने उहाँले सुनाउनु भयो । सम्मेलनलाई प्रदेश तथा जिल्लास्तरीय नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
Be the first to comment on "अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वरको तेस्रो नगर सम्मेलन सम्पन्न"