अनेरास्ववियु क्रान्तिकारी दोलखामा नयाँ नेतृत्व

दीक्षण समाचार ,चरिकोट– अनेरास्ववियू (क्रान्तिकारी) दोलखाको जिल्ला १९ औँ सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट होऔँ, भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले नवराज श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा आर्टिष्ट मोक्तान नवराज बस्नेत, हरी खड्का र उपेन्द्र केसी चयन हुनुभएको छ । सचीवमा विकल खड्का, सहसचिवमा बालकृष्ण ओली र नारायण खाती चयन हुनुभएको छ । कोषाध्यक्षमा दालमु शेर्पा चयन भएका आयोजकले जनाएको छ । अखिल क्रान्तिकारीका तत्कालिन अध्यक्ष रोशन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तिलकराज भडारी, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य देवी खड्का, माओवादी नेता विशाल खड्का, नेपाल विद्यार्थी संघका अध्यक्ष भीम खड्का, एकिकृत समाजवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष पुष्पक केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सर्वसुलभ, प्राविधिक र व्यावसायिक शिक्षा प्राप्ति र सुनिश्चतामा अनेरास्ववियूको आन्दोलन जारी रहेको सम्मेलनका वक्ताहरुले जनाएका थिए । कार्यक्रममा नौ वटै पालिकाका अनेरास्ववियूमा आबद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Shares

ePAPER 2081/07/30

Be the first to comment on "अनेरास्ववियु क्रान्तिकारी दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*