अनियमितता भएको प्रमाण दिएमा राजिनामा दिएर छानबिनमा सहयोग गर्छु –अध्यक्ष श्रेष्ठ

चरिकोट ।अनिल दहाल –दोलखाको मिजिजुली कालिन्चोक सहकारीका अध्यक्ष नारायण बहादुर श्रेष्ठले संस्था भित्र कुनै पनि अनियमितता भएको कसैले प्रमाण दिएमा आफुले राजिनामा दिएर छानबिनमा सहयोग गर्ने बताएका छन् । राजधानीबाट प्रकाशन हुने केही अनलाइनले संस्थाभित्र अनियमितता भएको भन्दै समाचार प्रकाशन गरेपछि अाज  संस्थाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले समाचार प्रकाशन गर्दा आरोपितको पनि भनाई राख्न अनुरोध गरेका छन् । संस्था एकिकरणमा कुनै पनि रकमकाे लेनदेन नभएको अध्यक्ष श्रेष्ठले दाबी गरे । मिजिजुलीसँग साना सहकारीहरुको एकिकरण सहकारीकाे विभागकाे  ऐनमा नै रहेर एकिकरण गरेको उनको भनाई रहेको छ । संस्थाले ८६ वटा सुचाङक पुरा भएपछि मात्र  ब्राण्ड प्राप्त गरेको र ब्राण्ड प्राप्त गर्न कुनै  पनि चलखेल नगरेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।  समाचार प्रकाशनमा भने जस्तो कुनै पनि अबैध तरिकाले ऋण लगानी नभएको उनले दाबी गरे । “ऋण लगानी गर्दा संस्थाको आफ्नै मापदण्ड रहेको छ , ठुलो लगानी गर्दा संन्चालक समितिको निर्णयबाट  मात्र हुन्छ , कसरी कार्यकारी अधिकृतले ठुलो ऋण लगानी गरे ” अध्यक्ष श्रेष्ठले भने । संस्थाको ऋणको सिमा ३५ लाख मात्र भएको र त्यो सिमा  भन्दा  माथी एक सदस्यलाई ऋण लगानी नगरेको उनले दाबी गरे । “पुसमा मात्र संस्थाले गाडी खरिद्ध गरेको र चैत्र देखी लकडाउन भएकोले छ , संस्थाकाे गाडी राजधानीमा कसरी दुरुपयोग भयो  ” श्रेष्ठले भने । संस्थाका व्यबस्थापकलाई आवश्यक मापदण्ड बमोजिम नेफ्स्कुनले साकोस उत्कृष्ट ब्यबस्थापक घोषणा गरेको उनको भनाई रहेको छ ।

सहकारीद्धारा जारी विज्ञप्ती यस्तो रहेको छ

Shares

Be the first to comment on "अनियमितता भएको प्रमाण दिएमा राजिनामा दिएर छानबिनमा सहयोग गर्छु –अध्यक्ष श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*