अध्यक्ष कपको उपाधी कालिन्चोक गाउँपालिकाले जित्यो

चरिकोट –मेलुङ गाउँपालिकाको आयोजनामा भएको “अन्तरपालिका स्तरिय अध्यक्ष कप ” भलिबलको उपाधि कालिञ्चोक गाउँपालिकाले कव्जा गरेको छ ।
आज भएको फाइनल खेलमा तामाकोसी गाउँपालिकालाई हराएर उसले उपाधी जितेको हो । त्यसैगरी प्रतियोगितमा तृतिय स्थान गौरिशंकर गाउँपालिकाले भएको छ। प्रतियोगितामा प्रथम हुने कालिन्चोकले ८० हजार नगद सहित मेडल , प्रमाण पत्र तथा टफ्रि पाएको छ । त्यसैगरी द्धितिय हुने तामाकोसी तथा तृतिय हुने गौरीशंकरले क्रमश ६० तथा ४० हजार नगद सहित मेडल , प्रमाण पत्र तथा टफ्रि पाएका छन । प्रतियोगितामा दोलखाका आयोजक मेलुङ गाउँपालिका , तामाकोसी गाउँपालिका , गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, विगु गाउँपालिका , जिरी नगरपालिका ,रामेछापको मन्थली नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगिता ३ दिन सम्म चलेको थियो ।



Shares

Be the first to comment on "अध्यक्ष कपको उपाधी कालिन्चोक गाउँपालिकाले जित्यो"

Leave a comment

Your email address will not be published.


*