अध्यक्षमा मोक्तान

चरिकोट(दीस)ः लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको अध्यक्षमा थिर बहादुर मोक्तान चयन हुनु भएको छ । आइतवार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत पुनः अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले मोक्तानको अध्यक्षतामा २७ सदस्यिय जिल्ला कमिटि गठन गरेको छ । महासंघका पदाधिकारीहरुमा उपाध्यक्षमा निर बहादुर तामाङ तथा टहल बहादुर थामी, सचिवमा लुङगु लामा तथा कोषाध्यक्षमा निमा शेर्पा सर्वसम्मत निर्वाचित हुनु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र महासचिव पेम्बा भोटेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "अध्यक्षमा मोक्तान"

Leave a comment

Your email address will not be published.


*