अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

चरिकाेट –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नजान अपिल गरेको छ।गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो। दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस भेरियन्टलाई डब्लुएचओले पनि विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको बताउँदै सावधानी अपनाउन आवश्यक रहेको बताए।  ‘हालसम्म यो भेरियन्ट नेपालमा फेला परि सकेको छैन तर हामी सचेत हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको छ। यो भेरिएन्ट नेपाल प्रवेश गर्न नदिन सबै पूर्व तयारीमा मन्त्रालय जुटिसकेको छ।’उनले यस भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन र सतर्क रहन सबैलाई अनुरोध गरेका छन्।

Shares

Be the first to comment on "अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अपिल"

Leave a comment

Your email address will not be published.


*